शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडीको लहान-२२ का २५ घरपरिवार लाई राहत
जेठ ५, २०७७ | फिरोज शेख

फ़िरोज शेख लहान २०७७ जेठ ५ - 
म.स.जोडीअर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यको जोडीले आफ्नो राहत वितरण अभियान लाई निरन्तरता दिदै सोमबार पनि विपन्न ,एकल महिला ,जेष्ठ नागरिक,दलित तथा असहायहरूलाई राहत उपलब्ध गराएका छन। यी दुई जोडीले नेपाल लकडाउन भएको पहिलो साता देखि नै लहानका विभिन्न स्थानमा रहेका दैनिक ज्याला मजदुरी गरि खाने ,अति विपन्नहरुलाई विभिन्न दाताहरुको सहयोग र सहकार्यमा राहत उपलब्ध गराउदै सामाजिक उत्तरदायित्व निर्वाह गरि रहेका छन। यी जोडीले सोमबार पनि लहान नगरपालिका वडा -२२ सिस्वोनी टोल मुसहर वस्तीका २५ घरपरिवार लाई राहत वितरण गरेका छन।

सरकारले देशै भर कोरोना सङ्क्रमण फैलन नदिन गरेको लकडाउनको ५६ दिन बिति सकेको अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका सिस्वोनी टोलका दैनिक ज्यालादारी गरि खाने मजदुर ,विपन्न ,एकल महिला ,जेष्ठ नागरिक,दलित तथा असहाय २५ घरपरिवारहरूलाई मनकारी ज्योति ट्रेडर्सका संचालक मनीष सारडा र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरिएको महिला संघका केन्द्रिय सदस्य संगीता कर्माचार्यले जानकारी गराउनु भयो। समाजसेवी चौधरी र  कर्माचार्यको जोडीले सोमबार १० किलो चामल , १ किलो आलू ,आधि लिटर तेल र १ किलो नून उपलब्ध गराएको सरगम खबर लाई जानकारी दिएका छन।

लहानमा भिषण आगलागी हुँदा लाखौको क्षति
कार्तिक १९, २०७७ | फिरोज शेख
रेडियो सरगम सफलता पुर्वक आजदेखि पाँचौँ
आश्वीन १०, २०७७ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.