शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म.स.जोडीले राहत वितरण लाई निरन्तरता दिदै पुगे लहान १० को
जेठ ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ ८ - 
सामाजिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल म.स.जोडी अर्थात समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले राहत वितरण लाई निरन्तरता दिदै विहिबार लहान नगरपालिका १० को दलित बस्तीमा पुगेका छन। लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान १० मा वसोबास गर्दै आइरहेका मुसहर वस्तीमा रहेका नागरिकता नभएका,वृद्ध,एकल महिला,असहाय दलित परिवारलाई राहत उपलब्ध गराएका छन। लकडाउनको प्रत्यक्ष मारमा परेकाहरुलाई यी दुई जोडीले लकडाउन भएको पहिलो साता देखिने लहानका विभिन्न वडा वडाहरुमा वसोवास गर्ने अति विपन्न , दैनिक ज्याला मजदुरी गरि खाने पिडितहरु लाई राहत उपलब्ध गराउदै एका-एक चर्चामा आएका समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले विहिबार पनि लहान -१० का २५ परिवार लाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन।  यी दुई युगल जोडीले १० किलो चमाल,आधि लिटर तेल र १ कोलो नून राहत उपलब्ध गराएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले जानकारी दिनुभयो। नेपाल सरकारले  लकडाउन ( बन्दाबन्दि ) गरेको विहिबार ५९ दिन पुरा भएको छ।

सिरहामा निषेधाज्ञा खुकुलो : अब दिउँसो
भाद्र २८, २०७७ | फिरोज शेख
सिरहामा ५९ कैदीबन्दी सहित ६६ जना
भाद्र २४, २०७७ | फिरोज शेख
लहान बजार क्षेत्रको फोहर उठन थाल्यो
भाद्र १४, २०७७ | फिरोज शेख
सिरहामा आइतबार बिहानै थपिए १९ जना
भाद्र १४, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.