फिरोज शेख लहान २०७७ जेठ १० -
कोभीड – १९ महामारीले गरिएको लकडाउनको २ महिना बिति सकेको छ । लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने उदेश्यका साथ समाजसेवी संगीता कर्माचार्य र महेश चौधरीको जोडीले राहत वितरणको कार्यक्रम लाई निरन्तरता दिइरहेका छन्। यी दुई मनकारीहरुले गर्दा लकडाउनमा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकटसंग जुध्न बल मिलेको छ। विभिन्न मनकारीहरुको सहयोग र साथ लिई चौधरी र कर्माचार्यले पिडितको नामावली संकलन गर्दै राहत बाँडिरहेका छन। यी दुई जोडीले शुक्रबार र सनिबार गरि दुई ठाउँका ७५ परिवारलाई राहत उपलब्ध गराएका छन।
समाजसेवी संगीता कर्माचार्य र महेश चौधरीको जोडीले सनिबार लहान नगरपालिका-२१ मोतीपुर टोलका मुसहर बस्तिमा राहत नपाएका बृध,एकल महिला,असहाय तथा बिपन्न ३५ घर परिवार लाई १० किलो चमाल,१ पोकेट तेल र १ किलो नून राहत स्वरुप उपलब्ध गराएका छन्। भने शुक्रबार यी दुई जोडीले लहान नगरपालिका-२० हरिनगरा टोलको मुसहर बस्तिमाका बृध,एकल महिला, अपांग तथा असहाय ४० परिवार हरूलाई १० किलो चमाल,१ पोकेट तेल र १ किलो नून राहत उपलब्ध गराइएको नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्यले जानकारी दिएकी छिन।
कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई यी समाजसेवी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन। नेपाल सरकारले लकडाउन ( बन्दाबन्दि ) गरेको सनिबार ६१ औ दिन चलि रहेको छ ।