शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम सेवा सदनका लागि जग्गा हस्तान्तरण
जेठ १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ १३ - 
लहान नगरपालिकाले लहानका मुस्लिम समुदाय लाई मुस्लिम सेवा सदन निर्माणका लागि जग्गा उपलब्ध गराएको छ। लहान नगरपालिका नगर प्रमुख मुनि साहले मुस्लिम समुदायको महान पर्व इदुल फित्र " ईद "को सुखद उपलक्षमा लहान नगरपालिका -५ बाख्रा बजार र माछा बजारको उत्तरपट्टि छेउको एक कट्ठा जग्गा मुस्लिम सेवा सदन निर्माणका लागि सोमबार साँझ सदन निर्माण समितिका अध्यक्ष सुलेमान मिया अन्सारी लाई हस्तान्तरण गर्नु भएको छ। मुस्लिम समुदायमा विभिन्न कार्यक्रम ,विवाह ,भोजभतेर लगायतका कार्यहरु गर्न निकै समस्या भइरहेको आवस्यकता महसुस गर्दै मुस्लिम समुदायका अगुवा ,समाजसेवी ,जनप्रतिनिधि , बुद्धिजीवीहरुको पहल र अनुरोधमा लहान नगरपालिकाले मुस्लिम सेवा सदन निर्माणका लागि जग्गा उपलब्ध गराइएको नगरप्रमुख मुनि साहले इदुल फित्र " ईद "को शुभकामना दिदै उप -प्रमुख सरियार कुमारी चौधरी, सदन निर्माण समितिका पदाधिकारी ,संचारकर्मी लगायत सर्वसाधारणको उपस्तिथिमा जग्गा हस्तान्तरण गर्नु भएको । लहान नगरपालिका ५ का वडा अध्यक्ष तथा सेवा सदन निर्माण समितिका अध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घोषण समितिका उपाध्यक्ष रियासत लिमि मुन्नाले गर्नु भएको थियो। मुस्लिम समुदायको महान पर्व इदुल फित्र " ईद "को सुखद उपलक्षमा नगरपालिकाले इदी स्वरूप मुस्लिम सेवा सदन निर्माणका लागि जग्गा उपलब्ध गराएको प्रति समस्त मुस्लिम समुदाय
हर्षित हुदै आभार प्रकट गरेका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.