शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा दुई पक्षबीच झडप : प्रहरीद्वारा ८ राउन्ड अश्रुग्यास प्रहार
जेठ २१, २०७७ | फिरोज शेख

शुभ नारायण यादव सप्तरी ,२१ जेष्ठ - 
सप्तरीको छिन्‍नमस्ता गाउँपालिका वडा न. ७ हाटी टाेलमा दुई पक्षबीच झडप भएपछि झण्डै ९ जना घाइते भएका छन भने स्थिति अझे तनावग्रस्त  बनेको छ । जग्गासम्बन्धी विवाद उग्र हुँदै झडप भएपछि दुवै पक्षका ९ जना घाइते भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कायाृलय  सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिनुभयाे ।आज बिहानैदेखि दुई पक्षबीच पटक-पटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजबाट प्रहरी टोली त्यहाँ पुगेको थियो ।

जिल्ला प्रहरी कायाृलय सप्तरीका एसपी कृष्ण प्रसाईंका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड अश्रुग्यासको सेल प्रहार गरेको छ । यसैगरी सशस्त्र प्रहरीले पनि चार सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिनुभयाे। डीएसपी भारतीले स्थिति अहिले नियन्त्रणमा रहेको बताउनुभयाे ।अझै पनि दुई पक्षबीच झडपको सम्भावना रहेको स्थानीयबासिहरुले बताएका छन। यता घटनास्थलमा एक सयभन्दा बढी नेपाल , सशस्त्र प्रहरी तथा नेपाली सेना समेत परिचालित रहेको प्रहरीले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.