शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरी र कर्माचार्य द्वारा २२५० घर परिवार लाई राहत
जेठ २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २३ - 
कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेका दैनिक ज्यालादारीमा कामगर्ने मजदुर, चिया पसल, ठेलामा चटपटी बेच्ने,फलफुल बेच्ने, घर भाड़ामा बस्ने, बृध ,एकल महिला,असहाय तथा प्रत्यक्ष मारमा परेकाहरुको ओठमा मुस्कान ल्याउने तथा मानव सेवा नै धर्म हो " भन्ने उदेश्यका साथ समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले नेपाल सरकारले लकडाउन गरेको चैत्र ११ गते देखि जेठ २३ गते अर्थात  ७४ औ दिन सम्ममा २ हजार २ सय ५० घर परिवारलाई राहत उपलब्ध गराएका छन। लकडाउनको पहिलो साता देखि नै शुरूवात गरिएको खाद्यान्न बितरण कार्यक्रममा समाजसेवी यी जोडीले विभिन्न मनकारीहरुको साथ र सहयोग संगै आफ्नो लागानीमा २ सय ५० क्विन्टल चामल, २ हजार २ सय ५० केजी दाल ,१ हजार १ सय २५ लिटर तेल , २ हजार २ सय ५० केजी नुनका साथै सोयाबिन लगायत विभिन्न तरकारी सहितका खाद्यान्न सामग्रीहरु लहान नगरपालिका अन्तर्गत रहेका वडा नम्बर १ देखि २४ नम्बर वडा सम्मका बन्दा बन्दीको मारमा परेका पिडित संगै धनगडीमाई नगरपालिका-११ सोनापुरका ७० परिवरलाई समेत राहत उपलब्ध गराएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले जानकारी गराएकी छिन।

राहत वितरण कार्यलाई निरन्तरता दिदै एका -एक चर्चामा आएका यी युगल जोडीको चर्चा लहान मात्रै होइन प्रदेश संगै संघीय सरकार भित्र पनि हुनथालेको छ,भने केहि जनप्रतिनिधिले राजनिती छवि बनाउन राहत वितरण गरिरहेको समेत प्रतिक्रियाहरु दिइरहेका छन। तर यी दुई जोडीले राजनिती छवि बनाउन होइन बरु समाजेवा संगै मानव सेवागर्न राहत वितरण गरेको दाबी गरेका छन। 

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरुलाई समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउनु हुन्छ। लक डाउन सुरु भए देखिनै यी जोडीले गरिब तथा विपन्न परिवारहरुको चुल्हो कसरि बाल्न सकिन्छ भन्ने लक्ष्यका साथ नोबेल कोरोना भाइरस (कोभिड–१९)को महामारीका बीच आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी दिनहु राहत वितरण र जोगो गर्नमा नै ७४ दिन बितेको उहाँहरु गर्नु भएका कार्यलेनै प्रष्ट पार्छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.