शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस सिरहा सुप्रिया द्वारा दिलित विपन्न परिवारलाई राहत
जेठ २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २५ - 
मिस सिरहा २०२० को उपाधि जितन सफल सुप्रिया मण्डलले आइतबार एक कार्यक्रमको आयोजना गरेर २० घर परिवारलाई राहत उपलब्ध गराएकी छिन। लकडाउनको मारमा परेका लहान नगरपालिका-१० खुट्टीपारि सदाय टोलका २० घरपरिवारलाई राहत उपलब्ध गराएकी छिन।के एस आर प्रोडक्सन नेपाल प्रालि काठमांडौको आयोजनामा सिरहाको लहानमा २०७६ पौष २५ गते शुक्रबार अवेरराति सम्पन्न फिनालेमा मिस्टर एण्ड मिस सिरहा २०२० को उपाधि तर्फ मिस सिरहा २०२० को उपाधि जितेर एका एक चर्चामा आएकी सुप्रिया मण्डलले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजसेवी धनीकलाल मण्डलको प्रमुख आतिथ्यता तथा नागरिक समाजका अगुवा फ़निन्द्र बहादुर राउत ,प्रशुराम निरौला तथा श्याम मण्डलको आतिथ्यतामा लहान १० का भुलकुन देवी सदाय ,विक्रु सदाय ,झरिया सदाय ,लोचन सदाय ,घुरन सदाय लगायत २० सदाय घरपरिवार लाई चामल १० किलो ,दाल १ किलो ,सोयाविन आधि किलो ,नुन १ किलो र तेल आधि लिटर राहत स्वरूप उपलब्ध गराएको सुप्रिया मण्डलकी आमा प्रतिभा गिरि मण्डलले बताउनु भयो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.