शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजाजले ल्यायो २० देखि ५० प्रतिशत डाउनपेमेन्ट अफर
जेठ २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २७ - 
" हौसला टुट्दैन जीवन रोकिदैन ,उठौ अघि बढौ " मूल नाराका साथ कोरोनाको यस विषम परस्तिथिमा बजाजले आफ्ना मोटरसाइकल खरिदका लागि २० देखि ५० प्रतिशत डाउनपेमेन्ट योजना ल्याएको छ । यस योजना अनुसार २० देखि ५० प्रतिशत डाउनपेमेन्ट गरेपछि बजाजका जुनसुकै मोटरसाइकल खरिद गर्न सकिने छ । नेपालका लागि बजाज मोटर साइकलको आधिकारीक वितरक एच.एच. बजाजले शुन्य प्रतिशत व्याजदरमा नवीनतम फाइनान्सिङ योजना प्रस्तुत गर्दै कुनै पनि बजाज बाइकको खरिदमा ५० प्रतिशत सजिलो डाउन पेमेन्ट योजना ल्याएको छ। यसका साथै ५० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले १८ महिनाको किस्ताबन्धी सुविधा पाउने छन् । भने ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ सुविधा बाइक खरिद गरेको सोरुममै उपलब्ध गराइने छ । यो योजना लहान ३ मा अवस्थित मनकामना ट्रेड लिंक ( बजाज मोटर साइकल शो रुम लगायत देशै भरका शो रुममा उपलब्ध हुनुका साथै नगद खरिदमा १२ हजार अन द स्पट क्यास डिस्काउन्ट सहित २० % डाउनपेमेन्टमा पनि बजाज मोटर साइकल खरिद गर्न सकिने फाइनान्सिङ अफर योजना उपलब्ध रहेको मनकामना ट्रेड लिंकका प्रवन्ध निर्देशक शंकर चौधरीले जानकारी दिनुभयो।

 १९९८ मा स्थापित एच.एच. बजाजले नेपालभरिका बाइक राइडरहरुमा आफनो लोकप्रियता कायम गर्नुका साथै आफना ग्राहकहरुका लागि उत्कृष्ट सेवा प्रदान गर्नका लागि नेपालभरि एक सय भन्दा बढी आउटलेटहरु स्थापना गरिसकेका छन् । बजाज आफ्ना देशभरिका ग्राहकहरुका लागि उच्च गुणस्तरको उत्पादनहरु उपलब्ध गराउँदै नेपालका हरेक कुनामा सेल्स, सर्भिस र उच्च गुणस्तरको स्पेयर पार्टस उपलब्ध गराउँदै आएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.