शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा २० जना संक्रमित उपचार पछि निको, नयाँ १२
जेठ २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ जेठ २७ - 
सिरहाको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना कोरोना भाइरस कोभिड-१९ संक्रमितहरु विरामीहरु उपचार पश्चात निको भएर मंगलबार घर फर्केका छन। सिरहाको लहान नगरपालिका ,नवराजपुर गाउँपालिका ,भगवानपुर गाउँपालिका ,,लक्ष्मीपुर पतारी गाउँपालिका  ,बरियारपट्टी गाउँपालिका ,सखुवानन्कारकट्टी गाउँपालिका ,औरही गाउँपालिका ,धनगडीमाई नगरपालिका लगायत अन्य स्थानीय तहका क्वारेन्टाइनमा बस्दै आउनु भएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पछि उपचारका लागि कोभिड अस्पतालमा उपचारका लागि ल्याइएका मध्ये २० जना कोरोना जितेर घर फर्किएका छन। विभिन्न स्थानबाट कोराना संक्रमित भई कोभिड अस्पतालमा ल्याइएका २० जना उपचार पछि संक्रमणमुक्त भएको हुँदा मङ्गलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। संक्रमणमुक्त भई घर फिर्कनेहरुमा लहान नगरपालिकाका ४ जना ,नवराजपुर गाउँपालिकाका १ जना ,भगवानपुर गाउँपालिकाका ५ जना ,लक्ष्मीपुर पतारी गाउँपालिका १ ,बरियारपट्टी ३ ,सखुवानन्कारकट्टी गाउँपालिका १ ,औरही गाउँपालिका १ ,प्रहरी २ ,धनगडीमाई नगरपालिका १ र सप्तरीका १ जना गरि २० जना कोरोना जितेर घर फर्किएका छन।

संक्रमणमुक्त उनीहरुलाई प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा हाललाई संक्रमणमुक्तको प्रमाणपत्र दिएर विदाई गर्नुभएको थियो ।उक्त अस्पतालमा भर्ना भई निको हुनेहरुमा गत जेठ ३ गते पिसिआर पोजिटिभ पाइएका सिरहाको पहिलो संक्रमित लतियाहीका युवादेखि गत जेठ १७ गते भर्ना भएकाहरुसम्म थिए । भर्ना भएका सबैलाई तेश्रो चरणको परिक्षणपश्चात घर पठाईएको छ। घर फर्किएकाहरु अझ १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनु भयो। 

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट मंगलबार सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा सिरहा क्वारेन्टाइनका १ जना महिला गरि १० जना, सुखिपुर क्वारेन्टाइनका एक जना तथा बरियारपट्टी क्वारेन्टाइनका एक जना पुरुष रहेको जिल्ला अधिकारि गुरागाईंले जानकारी दिनुभयो । उनीहरु सबैलाई उपचारका लागि मङ्गलबार नै महेन्द्र गेनाई कोभिड अस्पतालमा ल्याइएको जनाइएको छ। यो सँगै सिरहामा कोरोना संक्रमित हुनेको सँख्या ६१ पुगेको छ । यस प्रदेशमा मंगलबार सम्म १ हजार ३ सय ८९ जना संक्रमित भईसकेका छन् ।संक्रमितको संख्या दिनप्रतिदिन थपिदैं गईरहेपनि परिक्षणको दायरा झन कछुवा गतिमा भईरहेको देखिएको छ । प्रदेशमा पीसीआर परिक्षणको नतिजा करिव ५० प्रतिशत मात्रै आएको छ । मंगलबारसम्म २८ हजार ५ सय ३१ जना व्यक्तिको थ्रोट स्वाब परिक्षण गरिएकोमा १४ हजार ५ सय ३३ जनाको नतिजा आउन बाँकी नै रहेको छ ।

प्रदेशका ८ वटा जिल्लाहरु मध्ये रौतहट जिल्लामा अहिलेसम्म ४ सय ८ जना कोरोना संक्रमित भएका छन् भने ७ हजार २ सय ७४ जनाको नतिजा आउन अझै बाँकी रहेको छ । सर्लाही जिल्लाका ३ सय ७१ जना संक्रमित भएका छन् भने २ हजार ६ सय ६ जनाको रिपोर्टको नतिजा आउन बाँकी नै रहेको छ । पर्साका १ सय २२ जना संक्रमित भएका छन् भने ४ सय २० जनाको नतिजा आउन बाँकी रहेको छ । महोत्तरीका १ सय २३ जना संक्रमित छन् भने १ हजार २ सय ४२ जनाको नतिजा बाँकी छ । धनुषाका १ सय २२ जना संक्रमित भएका छन् भने ७ सय ६६ जनाको नतिजा आउन बाँकी रहेको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.