शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरी उपरीक्षक चतुर्वेदीको सरुवा, सिरहामा उमाशंकर पंजियार
असाड २, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार २ - 
सिराहाका प्रहरी उपरीक्षक (एसपी) उमा प्रसाद चतुर्वेदीको सरुवा भएको छ। एसपी चतुर्वेदीको प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुशन्धान ब्युरो सिआईबि विशेष अपराध अनुसन्धान महाशाखा महाराजगंज काठमाडाैं सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय सिरहामा गण्डकी प्रदेश प्रहरी कार्यलय पोखरा ,कास्कीका एसपी उमाशंकर पंजियार लाई सिरहा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा महानगरीय ट्राफिक महाशाखाका एसपी जीवन श्रेष्ठलाई पठाइएको छ। यस्तै मोरङमा सन्तोष खड्का, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापा, बाँकेमा ओम बहादुर राना र तनहुँमा अरुण पौडेलको सरुवा भएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पामा दिपक खरेलको सरुवा भएको छ । यसअघि खरेल सशस्त्र प्रहरी गण नम्बर १ प्रहरी मुख्यालय नक्सालमा कार्यरत थिए ।  

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.