शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गर्भवती महिलालाई पोष्टिक आहार वितरण
असाड २, २०७७ | फिरोज शेख


फिरोज शेख लहान २०७७ असार २ - 
लहान नगरपालिका–१५ का गर्भवती महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरिएको छ। कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेकाहरुलाई लकडाउन अवधिभर समस्यामा परेका दलित ,विपन्न ,दैनिक ज्याला मजदुरी गरि जीविकोपार्जन गर्ने मजदुर ,एकल महिला , विद्यार्थी,घरभाडामा बस्नेहरु लगायतका महिला तथा पुरुषहरु लाई राहत उपलब्ध गराउदै आइरहनु भएका समाजसेवी मस जोडी अर्थात् महेश चौधरी र संगिता कर्माचार्यको जोडीले लहान १५ का १७ जना गर्भवती महिलाहरु लाई वडा अध्यक्ष तेज नारायण चौधरीको उपस्तिथिमा सोमबार पौष्टिक आहार सहितको राहत वितरण वितरण गरेका छन।  राहत वितरणलाई व्यावस्थित बनाउनका लागी सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो । कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले पौष्टिक आहारसंगै राहत वितरण गरिएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले बताईन्। गर्भवती महिलाहरुलाई १० किलो चमाल,१ किलो दाल,१ किलो चना,१ किलो मटर, १ पोकेट तेल,१ किलो नून,१ किलो स्याऊ,१ किलो अंगूर,१ किलो  अनार र ६ पिस केरा वितरण गरेको जनाईएको छ।

यसै बीच यी जोडीले आइतबार लहान नगरपालिका -१३ र २४ वाडाका सूकम्बlसी बस्ती पक्कीटोलका मुसहर र पसमानहरु ४२ घरपरिवारहरु लाई दोस्रो पटक राहत स्वरूप १० किलो चमाल,१ पोकेट तेल र १ किलो नून समेत उपलब्ध गराएका छन। समाजसेवी यी जोडीले विभिन्न मनकारीहरुको साथ र सहयोग संगै आफ्नो लागानीमा २ सय ५० क्विन्टल भन्दा बढी चामल, २ हजार २ सय ५० केजी भन्दा बढी दाल ,१ हजार १ सय २५ लिटर भन्दा बढी तेल , २ हजार २ सय ५० केजी भन्दा बढी नुनका साथै सोयाबिन लगायत विभिन्न तरकारी सहितका खाद्यान्न सामग्रीहरु लहान नगरपालिका अन्तर्गत रहेका वडा नम्बर १ देखि २४ नम्बर वडा सम्मका बन्दा बन्दीको मारमा परेका पिडित संगै धनगडीमाई नगरपालिका-११ सोनापुरका ७० परिवरलाई समेत लाई राहत उपलब्ध गराइसकिएको समाजसेवी चौधरीले जानकारी दिएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.