शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नपा द्वारा माला, बाला र कानको टँप बनाउने सप्ताहिक
असाड २, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार २ - 
लहान नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रदेश न,२ को आयोजनामा महिलाहरुको सीप विकास तालिम अन्तर्गत माला, बाला, पोते र कानको टँप बनाउने सप्ताहिक तालिम आज (मंगलवार) लहानमा सम्पन्न भएको छ । गत जेठ २७ गतेदेखि शुरु भएको उक्त तालिममा लहान नगरपालिका अन्तर्गत रहेका २४ वटै वडाका एक–एक जना सहभागि महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले माला, बाला, लहथी ,पोते,कानको टँप र झुम्का बनाउने सम्बन्धि तालिम दिइएको लहान नगरपालिकाकी महिला विकास निरीक्षक अन्जना कुमारी साहले जानकारी दिनुभयो।

लहान नगरपालिकाकी उप-प्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा बोल्दै उप-प्रमुख चौधरीले महिलाहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइरहदा अझै पनि महिलाहरु पछाडी परेको हुनाले नेपालको संविधानले महिला सहभागीताका लागि विभिन्न अवसरहरु दिएको हुँदा महिलाहरु जागरुक हुनु पर्नेमा जोड दिनुभयो । तालिम लिएपछि आफुले ग्रहण गरेको सिपलाई सदुपयोग गर्दै महिला सशक्तिकरणका लागि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो।

समापन कार्यक्रममा प्रशिक्षक शान्ति कुमारी पासमानले महिलाहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा स्थानीय व्यवसायी र नगरपालिकाले सहयोग गरिदिनु पर्नेमा जोड दिदै तालिम लिनु भएका महिलाहरु लाई नेपाल सरकारले महिलाहरु लाई आत्मनिर्भर बन्न उधोगका लागि एक लाख सम्मको आवश्यक उपकरण निशुल्क उपलब्ध गराइरहेको हुँदा समुह बनाएर घरेलुमा दर्ता गराउन आग्रह गर्नुभयो। तालिममा सहभागी सम्पूर्णलाई प्रमाण -पत्र समेत प्रदान गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.