शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी मस जोडी द्वारा गर्भवती महिलालाई पोष्टिक आहार
असाड ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार ३ - 
समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्यको जोडीले गर्भवती महिलाहरु लाई पोष्टिक आहार उपलब्ध गराउने अभियान लाई जारि राख्दै बुधबार लहान नगरपालिका–१२ का गर्भवती महिलाहरुलाई पौष्टिक आहार सहितको राहत उपलब्ध गरानुभएको छ । कोभीड – १९ महामारीले गरिएको लकडाउनको चरम मारमा परेकाहरुलाई राहत उपलब्ध गराउदै आइरहनु भएका समाजसेवी मस जोडीले लहान -१२ का २३ जना दलित गर्भवती महिलाहरुलाई वडा अध्यक्ष बद्रि नारायण चौधरीको उपस्तिथिमा बुधबार पौष्टिक आहार सहितको राहत वितरण गर्नु भएको छ। राहत वितरणलाई व्यावस्थित बनाउनका लागी सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो । कोरोना भईरसको कारण श्रीमlन मज़दूरी नपाउदा एक छाक खानमा पनी समस्या भएको र लकडाउनले सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु पनि प्रभावीत भएकाले कुनै पनि शिशु कुपोषनको शिकार नहोस भन्ने उदेश्यका साथ पौष्टिक आहारसंगै राहत वितरण गरिएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले बताईन्। 

समाजसेवी कर्माचार्यले त्यहा उपस्थित महिलाहरु लाई गर्भावस्थामा गर्नुपर्ने केही तयारीका बारेमा जानकारी गराउदै भन्नुभयो - स्वास्थ्य संस्थामा गई न्यूनतम ४ वा सोभन्दा बढी पटक जँचाउनै, जुकाको औषधि खाने, टिटी लगाउने तथा आइरन र क्याल्सियम चक्की खाने गर्नुपर्छ । गर्भावस्थामा नियमितरुपमा पोषिला खानेकुरा खानुपर्छ भने चुरोट, जाँडरक्सी तथा जथाभावी औषधिको सेवन गर्नु हुँदैन । मुख, हातखुट्टा, नङ, गुप्ताङ्गलगायत सम्पूर्ण शरीर सरसफाइ गर्नुपर्छ । गर्भावस्थामा महिलाले बढी आराम गर्नुपर्छ । गर्भावस्थामा गह्रौं सामान बोक्नु हुँदैन । गर्भावस्थामा सकारात्म  सोच नितान्त आवश्यक छ । आफुलाई पायक पर्ने स्वास्थ्य संस्थाको छनोट र पैसाको जोहो गर्न पनि बिर्सनु हुँदैन लगायतका स्वास्थ्य सम्बन्धि सल्लाह सुझाव समेत दिनुभएको थियो। 

लहान १२ का वडा अध्यक्ष  चौधरी र वडा सदस्य  सुशीला थरूनीको रोहवरमा गर्भवती महिलाहरुलाई १० किलो चमाल,१ किलो दाल,१ किलो चना,१ किलो मटर,१ प्याकेट तेल,१ किलो नून,१ किलो स्याऊ,१ किलो अंगूर र १० पिस केरा राहत स्वरूप वितरण गरिएको जनाईएको छ। लकडाउनको अवधिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा अग्रपंतिमा रहनु भएको मुल्यांकन गर्दै समाजसेवी कर्माचार्य र चौधरीलाई वडा अध्यक्ष चौधरी र सदस्य थरुनीले गम्छा ओढाएर सम्मान गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.