शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ७ लाई डिजिटल वडा बनाउदै : अध्यक्ष गुप्ता
असाड ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार ४ - 
लहान नगरपालिकाको व्यापारिक वडाको रुपमा परिचित लहान वडा नम्बर ७ लाई वडा अध्यक्ष रोशन गुप्ताले डिजिटल वडा बनाउन सिसि टिभी,स्टृट लाईट लगाउन र वाईफाई जोन जोन बनाउन कम्मर कसेका छन्। चुनावको बेला वडा ७ लाई डिजिटल वडा बनाउने सपना बाँडेका अध्यक्ष गुप्ताले विकाश निर्माण संगै डिजिटल प्रविधिहरु जडान गर्न शुरु गरेका छन। सुरक्षाको दृष्टिकोणले अति संवेदनशिलको रुपमा समेत परिचित वडा नम्बर ७ लाई सिसिटिभीको निगरानीमा राख्ने उदेश्यले १६ वटा सिसिटिभी क्यामरा जडान गरिएको वडा अध्यक्ष गुप्ताले बताए। अध्यक्ष गुप्ताका अनुसार दिपु चिया पसल नजिक १ ,बैधजी औषधि पसल नजिक २, सरस्वती पुस्तक पसल नजिक २, वडा कार्यालय नजिक ३ वटा, माडवाडी सेवा सदन नजिक २ वटा, दुर्गा मन्दिर नजिक २ वटा, प्यासिफिक होटेल नजिक २ वटा,दुलिचन्द अतिथी सदन नजिक २ वटा गरि जम्मा १६ थान सिसिटिभी क्यामरा जडान भै सकेको बताउनु भयो।

यसै बीच फ्री वाईफाई जोन अन्तर्गत दिपु चिया पसल एरिया , कन्चनजंघा होटल एरिया ,प्यासिफिक होटेल एरिया , मारवाडी सेवा सदन पछाडिको टोल गरि जम्मा ४ ठाउँमा फ्री वाईफाई जडान गरि सकिएको र स्टृट लाईट १६ थान खरिद गरि सकेको र जडान हुन बाँकी रहेको समेत अध्यक्ष गुप्ताले जानकारी दिनुभयो।  तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष गुप्ताले चोरी-पैठारी, सडक दुर्घटना लगायतका सुरक्षा ब्यवस्थालाई दुरुस्त राख्नका साथ साथै अत्याधुनिक  प्रविधिसम्म जन जनको पहुँच स्थापित गर्न सो कार्य थालेको जनाएका छन । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.