शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी मस जोडी सम्मानित
असाड ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार ६ - 
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो मूल मत्रका साथ नेपाल सरकार द्वारा कोभीड – १९ महामारी रोकथाम गर्नका लागि गरिएको लकडाउनको चरम मारमा परेका गरिब ,दलित र विपन्नलाई लकडाउन अबधिभर राहत वितरण गरि एका-एक चर्चामा आउनु भएका समाज सेवी मस जोडी अर्थात महेश चौधरी र संगिता कर्माचार्य लाई युथ एक्टिभीस्ट्स लहानका युवाहरुले एक कार्यक्रमका बीच सम्मान गरेका छन। युथ एक्टिभीस्ट्स लहानका अध्यक्ष नरेश जंग साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेवि संघका युवा नेता परमेश्वर साह , मुस्ताक शेख ,संजिव ठाकुर , गौरव साह लगायतका युवा विद्यार्थी नेताहरु संगै संचारकर्मी ,सर्वसाधारणको उपस्तिथी रहेको थियो। कार्यक्रमा उपस्थित युवाहरुले समाजसेवी मस जोडीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’मा गरिब ,दलित र विपन्नका लागि सहारा भई खेल्नु भएको भूमिकाको मुल्याङ्गकन गर्दै खुलेर प्रशंसा गरेका थिए। 

कार्यक्रमा मस जोडीले आफ्नो मन्तव्य राख्ने क्रममा लकडाउन संगै अहिले जारि "गर्भवती महिला लाई पोष्टिक आहार"  राहत वितरण अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारी ,संचारकर्मी ,जनप्रतिनिधि ,नेविसंघका युवा,लहान नगरवासीहरुमा आभार प्रकट गर्दै हाम्रो अभियान जारि रहने घोषणा गर्दै त्यहाँ उपस्थित करिब ५० जना जनसमुदाय लाई सामाजिक दुरी कायम गरि आँप समेत वितरण गर्नु भयो। कार्यक्रममा उद्घोषण संजिव ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य गौरब साहले राखेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.