शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा सात युवा द्वारा ओम प्रकाशको ज्यान मार्ने प्रयास
असाड ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार ७ - 
सप्तरीमा सात जना युवाहरुको एक समुहले एक युवालाई पहरणको शैलीमा ज्यान मर्ने प्रयास गरेका छन।सप्तरीको सुरुङ्गानगरपालिका –४ कदमाहाका २९ वर्षिय ओम प्रकाश मण्डललाई विहिबार राती सोहि ठाउँका स्थानीय सात जना युवाहरुले अपहरणको शैलीमा राती ११ बजेतिर गाँउको पश्चिमपटिको खेतमा लगेर ज्यान मर्ने प्रयास गरेका थिए । घट्नामा संलग्न सातै जना अहिले फरार रहेको पिडितका आफन्तहरुले बताएका छन।आइतबार ओम प्रकाशका पिता लक्ष्मी मण्डलले आफनै घरमा पत्रकार सम्मेलन गरी ज्यान मार्ने प्रयास गरेका सातै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्नु भएको छ।

उहाँको अनुसार विहिबार राती ११ बजेतिर त्यहि गाँउका २१ वर्षिय ऋषि सिंहले ओम प्रकाशलाई बोलाएर दाई मसँग हिडनु न म शौच गर्न जान्छु मलाई एक्लै डर लागि रहेको छ भने। ऋषिले गरेको आग्रह अनुसार घरदेखि दक्षिण केहि पर पुगेपछि ऋषिका साथीहरु आदित्य चौधरी,रञ्जित ठाकुर,प्रभु चौधरी,भगवानदेव चौधरी,मुकेश चौधरीर रमेश चौधरी आएर ओम प्रकाशको मुख थुनि गाँउभन्दा पश्चिम लगेर सातै जनाले नाङ्गै पारि मुक्का र खुट्टाले पिट्दा - पिटदै मरिसकयो भनेर खेतमा टाउको गाडि छाडी हिनेका थिए । करिब बिहान २ बजेतिर ओम प्रकाश लाई अलि होस आएपछि नाङै वेहोस अवस्थामा घर आएका थिए।

सुरुङगा नगरपालिकाका नगरप्रमुख मुक्ति चौधरी पनि त्यहि गाँउको भएकाले राती नै उहाँलाई सबै घट्नाबारे जानकारी गराँउदा नगरप्रमुखले पहिला उपचार गराई ज्यान जोगाउन दिएको सल्लाह अनुसार लहान स्थित सप्तऋषि अस्पतालमा भर्ना गराए । अवस्थामा केहि सुधार आएपछि बिराटनगर स्थित न्युरो अस्पतालमा चेक जाँच गराउदा एकलाख भन्दा बढीको जाँच र औषधी भएको उनका बुवाले बताउनु भयो । शनिबार राति घर ल्याएको छोरा ओम प्रकाश अझैपनि मुख खोल्न सकेको छै।  पिता लक्ष्मी मण्डलले पीडा पोख्दै मेरो छोरासँग त्यहि सात जना मध्येका २ जना युवा संग १५ दिन पहिले समान्य वादविवाद भएको थियो ,त्यति बेला नै उनीहरुले मोटर साइकलले ठक्कर दिएर मारि दिन्छु कि त पिटदा - पटिदै ज्यान नै मारि दिने धम्की दिएपनि यसलाई समान्य रुपमा लिएर प्रहरीमा निवेदन नदिएको बताउनुभयो ।

विडी, चुरोट, गुटका केहि सेवन नगर्ने ओम प्रकाश यस गाँउका सबभन्दा सोझो र भलादमी युवक रहेको र खेतिपातीको काम बाहेक अरु संग मतलबै नराख्ने स्वाभावको रहेको स्थानीयहरुले बताउदै भन्नु भयो यस घटनामा संलग्न सातै जना युवकहरुमाथि कडा कानुनी कार्वाही हुनुपर्ने माग गरेका छन् । यता इलाका प्रहरी कार्यालय कडोरबोना सप्तरीका प्रहरी निरिक्षक राम राजा केशरीसँग घट्नाबारे जिज्ञासा राख्दा जानकारी भएपछि प्रहरी पुग्दा घट्नामा संलग्न सातै जना युवकहरु फरार भएको बताएका छन। लागु औषध सेवन गर्ने सातै जना युवकहरुको हुलिया समेत जानकारी भैसकेकोले जाहेरी निवेदन आउनासाथ मुद्दा चलाउने र जहाँ लुकेर बसेपनि नियणत्रणमा लिएर प्रचलित कानुन बमोजिम काम कारवाही अगाडी बढाउने बताउदै यस भेगमा यस प्रकृतिको यस्तो घट्ना यस वर्ष पहिलो पटक भएको जानकारी समेत दिनुभयो ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.