शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मलले ल्यायो ह्याप्पी सेल अफर
असाड ८, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ लहान असार ८ - 
प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजार -६ ले ग्राहक वर्गका लागि लिएर आएको छ "ह्याप्पी सेल अफर"। यस अफर अन्तर्गत विहान ७:३० बजे देखि दिनको १२ बजे सम्म किनमेल गर्दा किचेनका इलेक्ट्रोनिक सामान,खेलकुदका सामान र रेडिमेड कपडामा ५ % नगद छुट , त्यस्तै खाने सामानहरुमा ३% नगद छुटका साथै प्रत्येक एक हजारको सामान खरिदमा लक्की ड्र कुपन अन्तर्गत फ्रिज ,३२ इन्चको एलइडी टिभी ,मिक्स्चर र टेवल पंखा जित्ने मौका सहितको "ह्याप्पी सेल अफर" सुरु गरिएको एबी मलका सीईओ पिन्टु कुमार राउतले जानकारी दिनु भयो। सीईओ राउतका अनुसार कोभीड – १९ महामारी रोकथाम गर्नका लागि गरिएको लकडाउनको चरम मारमा परेका उपभाक्ताहरु लाई केहि राहत होस भन्ने उदेश्यका साथ विहान ७:३० बजे देखि दिनको १२ बजे सम्म किनमेल गर्दा "ह्याप्पी सेल अफर" अन्तर्गत किचेनका इलेक्ट्रोनिक सामान,खेलकुदका सामान,रेडिमेड कपडा र खाद्यान्नमा विशेष छुटका साथै कुनै पनि समयमा प्रत्येक एक हजारको खरिदमा एउटा लक्की ड्र कुपन सहित विभिन्न उपभोग्य सामानहरु उपहार स्वरूप जित्ने मौका समेत रहेको उनले बताए। सीईओ राउतका अनुसार लक्की ड्र मिति २०७७ साल असोज २५ गते आइतबार दिनको ३ बजे उपभाक्ताहरुको अगाडी खुल्ला गरिने बताए। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.