शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखीपुर नगरपालिकाको बजेट ६४ करोड २२ लाख ६ हजार
असाड १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १२ - 
सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाका नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा नगरपालिकाको चौथो नगर सभाबाट पारित नीति ,कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण विहिवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।  पत्रकार सम्मेलनमा नगरपालिकाको नगरसभा द्वारा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित ६४ करोड २२ लाख ६ हजार २ सय ८० रुपैयाँको बजेट पारित गरिएको जानकारी गराइएको छ। सोमबार सम्पन्न नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको थियो जसमा चालुतर्फ ११ करोड १ लाख ५० हजार र पूँजीगत तर्फ ५३ करोड २० लाख ५६ हजार २ सय ८० विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट २ करोड ९० लाख राखिएको बताइएको छ।

नगर प्रमुख राम औतार यादवले नगरवासिको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताए । शिक्षा, स्वास्थ्य, कृषी, उधोग, सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उहाँले भने,‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।’ नगरको विकासका लागि दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ उनले बताए।

विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था संगै नागरिक समाजसित सहकार्य गरि सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरेको छ। नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि कर प्रणालीलाई व्यवस्थित गरि लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ 

यसै बीच नगरलाई व्यवस्थित गरी नमूना नगरपालिका बनाउन विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको बताइएको छ भने, आगामी वर्षको नीति कार्यक्रममा विद्युत जडानगरी घर घरमा सडक, खेत खेतमा विद्युत जडान गरेर किसानको अनुहारमा खुशी थप्दै नमुना नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले जानकारी गराउनुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.