शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाको बजेट २ अर्ब ३२ करोड ८५ लाख सार्वजनिक
असाड १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १४ -
सिरहा जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान - समृद्ध लहान" ः कृषि, पूर्वाधार,उद्योग र पर्यटन ” हाम्रो मुख्य आधार भन्ने मूल नाराका साथ् आर्थिक वर्ष २०७७ /०७८ को आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन मार्फत नगर सभा बाट बहुमतले पारित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाले नगरको नीति तथा कार्यक्रम प्रस्तुत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । लहान नगरपालिका नगर प्रमुख मुनि साह सुडीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा उप-प्रमुख सरियार चौधरी ,नगरप्रवक्ता वडा नम्वर ११ का वडाअध्यक्ष राज कुमार साह,लहान २१ का वडा अध्यक्ष हेमन्त कुमार यादव,लहान ७ का वडा अध्यक्ष रोशन गुप्ता लगायत विभिन्न मिडियामा आवद्ध संचारकर्मीको उपस्तिथी रहेको थियो।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष २०७७ /०७८ का लागि लहान नगरपालिकाको बजेट २ अर्ब ३२ करोड ८५ लाख पाँच हजार एक सय नब्बे रहेको बताउदै नगरपालिकाले यस आर्थिक वर्षमा पूर्वधार एवम शहरी विकास ,शिक्षा तथा खेलकुद ,स्वास्थ्य सेवा,सरसफाई तथा स्वच्छता ,पशु विकास सेवा ,कृषि सिंचाई तथा भुमि ,उधोग तथा उधमशिलता ,महिला ,बालबालिका तथा जेष्ठ नागरिक ,अपाङ्गता, सामाजिक विकास ,सहकारी ,विपद व्यवस्थापन,वातावरण , प्रधानमन्त्रि रोजगार , संस्थागत विकास,सेवा प्रवाह,सुचना प्रविधि र सुशासन सम्बन्धि नीति तथा कार्यक्रमहरु र बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरु लाई प्राथमिकतामा राखिएको बताउनु भयो।

आगामी आर्थिक वर्ष ०७७/७८ को आय तर्फ संघीय सरकार तर्फ बाट वित्तीय समानीकरण अनुदान २२ करोड २३ लाख , सशर्त अनुदान चालु तर्फ ६३ करोड २७ लाख , शसर्त अनुदान पुँजीगत तर्फ २३ करोड ९४ लाख पाँच हजार एक सय ९० , विशेष अनुदान पुँजीगत तर्फ ६१ करोड ६३ लाख १५ हजार, समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ३८ लाख र राजश्व वाडफाड तर्फ १३ करोड समेत जम्मा २ अर्ब ३२ करोड ८५ लाख पाँच हजार एक सय नब्बे आयतर्फ प्रस्तावित गरिएको छ,भने व्यय तर्फ चालु खर्च ८७ करोड ९ लाख अर्थात् ३७.४० प्रतिशत र पुँजीगत खर्च १ अर्ब ४५ करोड ७६ लाख ५ हजार एक सय नब्बे अर्थात् ६२.६० प्रतिशत समेत जम्मा २ अर्ब ३२ करोड ८५ लाख पाँच हजार एक सय नब्बे प्रस्तावित गरिएको नगर प्रमुख साहले बताउनु भयो।

आयोजि पत्रकार सम्मेलनमा नगरप्रमुख साहले नेपाल सरकारको ऐन तथा नियमका कारण चुनावमा नगरवासी सँग गरिएको हवाई मैदान निर्माण र चिडियाखाना संचालन बाहेक सवै प्रतिवद्धता पूरा गर्ने गरी बजेट ल्याएको जानकारी गराउदै पत्रकारिता विकासका लागि गत वर्षको १५ लाख र यस वर्षको १० लाख बजेट गरी २५ लाख रकम विनियोजन गरि पत्रकारहरुका लागि वडा न २० मा ११ धुर जग्गा समेत छुत्याइएको जानकारी गराउनु भय। उपस्थित सम्पूर्ण पत्रकारहरु लाई नगर प्रमुख साहले लहान नगरपालिका नेपालकै २४ वटा वडा भएको सबैभन्दा ठूलो नगरपालिका भएपनि सिरहा नगरपालिका भन्दा पनि कम बजेट दिएको र विगतको एक अर्व बजेट समेत नआएको प्रति चासो राखेर कलम चलाई दिन हुन् आग्रह समेत गर्नुभयो ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.