शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्दै
असाड १८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार १८ - 
सिरहाको लहानमा बर्ड फ़लु लगायत जुनोटिक रोग सम्बन्धि गोष्टि कार्यक्रम सम्पन्न भएको छ। लहान नगरपालिका पशु विकास शाखा लहानको आयोजना तथा नगर प्रमुख मुनि साहको अध्यक्षतामा सम्पन्न गोष्टिमा जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको एम. भी. एस्सी. ( रोग विज्ञान ) डाक्टर सुधिर कुमार सिंहले बताएका छन। खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक नयाँ खालका रोग देखा पर्न थालेको उनले बताए। पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट सर्ने गरेका छन् । नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ। 

पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, सर्पको डसाई, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने गरेको डाक्टर सिंहले बताए । उनका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको डाक्टर सिंहले बताए  । 

रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एशियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् । हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने डाक्टर सिंहको भनाइ रहेको छ । 

यसै बीच बर्ड फ़लु बाट बच्न पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने उनले बताए। तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन।पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ, चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ, व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन, बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ,फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ,मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ, फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ, सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ, काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ,
कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन, माथि उल्लिखित कुराहरूमा ध्यान दिन सके बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने डाक्टर सिंहले बताउँछन्।

कार्यक्रमा उपस्थित नगरप्रमुख मुनि साहले डाक्टर सुधिर कुमार सिंह ,शस्त्र प्रहरी वेस क्याम्पका डिएसपी डम्बर बहादुर राना,लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाल ,कृषि शाखा अधिकृत श्री प्रकाश साह,घरेलु तथा साना उधोग लहानका प्रमुख दिपेन्द्र कुमार यादव ,सिनियर अहेव सिता यादव लगायत पशु विकास शाखामा कार्यरत राम कृष्ण यादव ,विशेश्वर प्रसाद चौधरी ,डाक्टर ललित कुमार यादव लाई स-धन्यवाद सहित लहान नगरपालिका भित्र अव्यसवास्थित रुपमा संचालनमा रहेको मासु पसलहरुको अनुगमन गरि व्यवस्थित बनाउने तथा बधशाला निर्माणका लागि जग्गाको छनोट समेत भइसकेको र निर्माण कार्यका लागि बजेट पनि भइसकेको जानकारी गराउदै बर्ड फ़लु लगायत जुनोटिक रोग बाट बच्न र बचाउने सम्बन्धि जनचेतना मुलक कार्यक्रम,अन्तरक्रिया ,छलफल संगै सुचनाहरु सम्प्रेसन गरिने बताउनु भयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.