शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु
फाल्गुन ४, २०७३ | सरगम खबर समाचारदाता

महोत्तरी, ४ फागुन । उखु लोड भएको ट्रयाक्टरको टेलारी पल्टिदा महोत्तरीको गौशाला नगरपालिका–५ मा एकजना ट्रयाक्टर चालकको मृत्यु भएको छ ।गएराति उखु लोड गरेको ट्र्याक्टरको टेलारीको पन्चर चक्का मर्मतका लागि खोल्ने क्रममा टेलारी उल्टिन गई सुन्दरपुर–२ घर भई गौशाला नगरपालिका–२ मा बस्दै आएको २२ वर्षीय कमलदेव यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।गौशाला नगरपालिका–५ का देवेन्द्र मल्लको बारीमा रहेको काटिसकेको उखु ज १ त १२७४ नंको ट्र्याक्टरमा लोड गरी रामनगरस्थित एभरेस्ट चिनी मिलमा लैजाने क्रममा पन्चर भएको टेलारीको चक्का खोल्ने क्रममा टेलारी पल्टिदा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यादवले आफ्नै ट्रयाक्टरमार्फत भाडामा मल्लको उखु चिनी मिलसम्म पु–याउने काम गर्ने गर्दै आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक यादवको शवपरीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

देश
सप्तरीमा प्रहरी, स्वास्थ्यकर्मीसहित थप ३३ जना
भाद्र २४, २०७७ | शुभ नारायण यादव
नदी नियन्त्रणको नाममा व्यक्तिगत पोखरी निर्माणं
भाद्र २४, २०७७ | सरगम खबर समाचारदाता
सडक दुर्घटनामा परि दुई जनाको मृत्यु
भाद्र १८, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.