शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा भेला गरि योजना छनौट
असाड २३, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ असार २३ - 
आर्थिक वर्ष २०७७/०७८ का लागि लहान नगरपालिका वडा नम्बर ७ को कार्यलयले वडा भेला गरि योजनाहरु छनौट गरेका छन। लहान-७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न योजनाहरु छनौट कार्यक्रममा वडा नम्बर ७ का जनसमुदाय लगायत नेपाली कांग्रेस ,नेकपा लगायत विभिन्न पार्टीमा आवद्ध राजनीतिक दलका प्रतिनिधि , वडा सदस्यहरु ,बुद्धिजीवी,नागरिक समाज,संचारकर्मी लगायत ७२ जनाको उपस्तिथिमा आर्थिक वर्ष २०७७/०७८ मा वडामा संचालन हुने वडा स्तरीय योजना कार्यक्रमहरु वडा भेला गरी लहान नगरपालिकाको कार्यलय लहान पठाउने सर्व-सहमतिले निर्णय गरिएको छ। लहान नगरपालिका बाट आर्थिक वर्ष २०७७/०७८ का लागि वडा -७ लाई उपलब्ध गराइएको ३० लाख सिलिङ्ग अनुसारको ६० % ठोस योजना अन्तर्गत मेस्तर टोल देखि मोहन गुप्ताको घर हुँदै क्यान्सर अस्पताल सम्म सडक ढलान कार्य गर्नेका लागि ८ लाख , कौसलको घर देखि पश्चिम तर्फ सडक ढलान कार्यको लागि २ लाख , विश्कर्मा टोलमा सडक ढलान कार्यका लागि २ लाख ,तेतरा पान पसलको गल्लिमा बाटो मर्मत तथा नाला निर्माणका लागि १ लाख ५० हजार ,मुसहरनिया सडक ढलान कार्यका लागि २ लाख , पशुपति राइस मिल नजिक रहेको दुई वटा पुरानो चबुतरा ( चौतारा ) मर्मत सम्भारका लागि ५० हजार ,दिलिप चौधरीको घर देखि चन्द्रेको घर सम्म पक्कि नाला निर्माणका लागि २ लाख रकमको योजना छनौट गरिएको छ। 

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को सिलिङ्ग अनुसारको ४० % का कार्यक्रमहरु अन्तर्गत वडाको विभिन्न ठाउमा ग्राभेल ,माटो र ह्युम पाइप जडान तथा सरसफाइको लागि ३ लाख ,लक्षित वर्गका कार्यक्रमको लागि २ लाख ,वडाको सडक पोलहरुमा स्ट्रिट लाइट जडानका लागि ४ लाख,बजार एरियामा डस्टविन खरिद गरी जडानको लागि १ लाख र वडा अध्यक्ष सिफारिस फुटकर खर्चको लागि २ लाख विनियोजन गरिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो। 

यसै बीच नगर स्तरीय योजनाहरु अन्तर्गत सडक विभागको उत्तरपट्टिको बाउन्ड्री वाल संगको पुरानो नाला पुनः निर्माण गरी पुरानो बिधुत कार्यलय छेउ छाउको नालाहरुलाई उक्त सडक विभागको नालामा जोड्ने ,मारवाडी टोलको तिनकुने पार्कको सोन्दर्यकरण गर्न फ़ाउनटेननिर्माण कार्य गर्ने  नगर स्तरीय योजना छनोट गरिएको छ ,भने प्रदेश २ का सांसद लगन लाल चौधरीको संसदीय कोषबाट मुसहरी जाने बाटोमा पक्कि नाला निर्माण गरिएकोमा सम्पूर्ण वडावासीहरुको तर्फ बाट तालि बजाएर धन्यवाद ज्ञापन गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.