शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
झरीमा रूझ्दै प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन
असाड २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार २७ - 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद रोकिने छाँट नदेखिएको अवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन जारी छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद नरोकिने छाँट देखिएका बेला ओलीका समर्थकले देशैभरी प्रदर्शन गरिरहेका छन्। सिरहाको विभिन्न स्थानीय तह बाट आएका युवाहरुले नागरिक समाजका युवा नेता रियासत लिमि मुन्नाको संयोजन तथा मोहम्मद इसराइल सिद्दिकी , इशा शेख ,जिब्रिल शेख लगायतका युवाहरुको सहयोगमा लहानमा प्रदर्शन गरेका छन्।  राष्ट्रिय झण्डा र ओलीको तस्विर सहितका प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई मनसुनी वर्षाले भने नराम्ररी रुझाएको छ। तर झरीबीच उनीहरुले लिपुलेक हाम्रो हो, सरकार ढाल्न पाइँदैन, राजनीतिक स्थिरता चाहियो जस्ता नारा लगाउँदै लहान बजारको विभिन्न स्थानको परिक्रमा गर्दै प्रदर्शन गर्दै लहानको सहिद चौकमा कोण सभा गरेका थिए।  सत्तारुढ दलका समर्थकको प्रदर्शनका क्रममा सयौँ प्रहरी तैनाथ थिए।  नेकपाको विवाद नरोकिएको अवस्थामा ओलीकै निर्देशनमा प्रदर्शन भइरहेको उनी इतर समूहले आरोप लगाइरहेको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.