शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भारि मात्रामा लागु औषध र मोटरसाइकल सहित ३ पक्राउ
असाड २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार २९ - 
सिरहा प्रहरीले भारी मात्रामा लागु औषध र अनटेस्ट मोटरसाइकल सहित ३ जना लाई विभिन्न स्थान बाट पक्राउ गरेको छ। प्रहरीले आइतबार सिरहाको बरियारपट्टी गाउँपालिका -३ बरियारपट्टी बजार स्थित ईलाका प्रहरी कार्यलय बरियारपट्टी बाट खटिएको सादा पोशाकको टोलिले शंका लागी पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा बरियारपट्टी गा.पा.-२ श्रीपुर बस्ने बर्ष २० को चन्दन कुमार यादबको साथबाट लागु औषध अल्प्राजोल्याम ट्याबलेट १ हजार ८०० पिस (३० पत्ता) र पेन्टाजोसाईन २ सय ८६ एम्पुल सहित यादव लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।भने लागु औषध र मोटर साइकल सहित एक जना पक्राउ परेका छन। सिरहाको लहान नगरपालिका १ राष्टिय बाणिज्य बैंक अगाडी लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ON TEST १६० सि.सि.को अपाचे मोटरसाईकल लाई ईलाका प्रहरी कार्यलय लहान सिरहावाट खटिएको सादा पोशाकको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा नवराजपुर गाउँपालिका ४ बस्ने वर्ष २० को रामपुकार शर्माको साथवाट डाइजिल्याब ४६ एम्पुल, फेनारागन ४७ एम्पुल, नोफिन ४६ एम्पुल गरी जम्मा १३९ एम्पुल लागु औषध बरामद गरी मोटरसाइकल सहित शर्मा लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागी ईलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
                                           
यसै बीच प्रहरीले मोटर साइकल सहित एक जना लाई पक्राउ गरेका छन्। सिरहाको कल्याणपुर नगरपालिका १ बनिनियाँ स्थित रहेको ईब्राहिम मोटर साईकल ग्यारेजमा यामाहा कम्पनीको R15 मोटर साईकल तत्काल नम्बर प्लेट नभएको मोटर साइकल र कल्याणपुर न.पा.९ डुमरी बस्ने बर्ष २१ को भगवान बाबु यादबले मर्मतको लागी राखेको उक्त मोटर साइकलमा शंका लागी जिल्ला प्रहरी कार्यलय सिरहाबाट खटिएको सादा पोशाक टोलीले मोटर साइकल र यादव लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यलय कल्याणपुर सिरहामा बुझाई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.