शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालय समितिको अध्यक्ष पद बाट राजीनामा
साउन ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३ - 
लहान नगरपालिकाको शिक्षा समितिले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा लहान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्तालाई नियुक्त गरेको केहि दिन न बित्दै अध्यक्ष गुप्ताले उक्त पदबाट राजिनामा दिएका छन । नियुक्ति पत्रलाई उच्च सम्मान गर्दै  शिक्षा समितिलाई धन्यवाद ज्ञापन गर्दै खुशीका साथ राजीनामा दिएको सामाजिक संजाल फेसबुक मार्फत अध्यक्ष गुप्ताले जानकारी गराएका छन् । अध्यक्ष गुप्ताले आफू पशुपति आदर्श उच्च मा. बि लहानको बिधालय ब्यवस्थापक समितिमा वडा अध्यक्षको हैसियतले पदीय जिम्मेवारी वहन गर्ने भन्दै राजीनामा दिएको जनाउदै ‘पदेन सदस्यको जिम्मेवारी मा छदैछु अत: विद्यालय ब्यवस्थापन समिति को  अध्यक्ष पदमा अरु नै कुनै योग्य ब्यक्तिलाई राख्न अनुरोध गर्दछु । अध्यक्ष गुप्ताको यस निर्णयलाई सामाजिक संजालमा उच्च सम्मान गरेको प्रष्टै देखन सकिन्छ । वर्तमान राजनैतिक अवस्थामा पदिय लोभले आकाश छोईरहेको बेला वडा अध्यक्ष गुप्ताले अरु कुनै योग्य ब्यक्तिको लागि दिईएको पद त्याग गर्नु उदाहरणीय भएको लहानका शिक्षा प्रेमी ,समाजसेवी ,बुद्धिजीवी तथा स्थानियहरु बताउछन।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.