शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरी जवान यादवको हत्यामा संलग्न ३ पक्राउ
साउन ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन ८ - 
सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । शस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी बिहीवार प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २२ वर्षीय बुलना भन्ने मुकेश कुमार यादव सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेश कुमार यादव र २५ वर्षीय जवकेश कुमार यादव रहेका छन् । असार १६ गते सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको सिरहा प्रहरीले जनाएको छ।‘एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ। उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिराहको संयुक्त टोलीले पक्राउ गरेको बताइएको छ ।’पक्राउ परेका तीजै जनामाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.