शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिटि र लायन्सको रक्तदान कार्यक्रम सम्पन्न
साउन ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन ८ - 
सिरहाको लहानमा लहान सिटि जेसिज र लायन्स क्लब लहानको संयुक्त आयोजनामा आज विहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त संचार केन्द्र लहानमा रगतको अत्यधिक अभाव भएको र बिरामी उपचार गराउन कठिनाइ भएकोले रक्तदान कार्यक्रम आयोजना गर्न अनुरोध भइ आएको हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब एरिया कोडिनेटर चक्रपाणि दहालले जानकारी दिए। लोटस स्कुल लहन ८ मा विहान ८ बजे देखि दिउँसो ३ बजे सम्म सम्पन्न उक्त कार्यक्रममा महिला ९ जाना , पुरूष २१ जना गरि जम्मा ३० जानाले रक्त दान कार्यक्रममा रक्त दान गरेका छन् । लायन्स क्लब डिस्ट्रिकका सल्लाहकार अशोक अग्रवाल ,एरिया कोअर्डिनेटर चक्रपाणी दाहाल, पुर्ब जोन चियर पर्सन धरनिधर अधिकारी, पाण्डब हमाल, विकाश सारडा, बर्तमान जोनचियर पर्सन रियासत लिमि, उधोग बाणिज्य संघका अध्यक्ष अशोक अमात्य, लहान प्रहरी कार्यालयका प्रहरी प्रमुख शरद थापा क्षेत्री , लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता , पुर्व जेसिज अध्यक्ष कासिन्द्र प्रसाद यादव, जेसिआई लहान सिटीका अध्यक्ष बसन्त साह , लायन्स क्लब अफ लाहानका अध्यक्ष सुदीप कुमार चौधरीको उपस्थिति तथा लायन्स क्लब अफ लहान सिटीका सदस्य तथा कार्यक्रम संयोजक शंकर प्रसाद गुप्ता लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमको सम्पुर्ण व्यवस्थापन लोटस सेकेण्डरी स्कुलले गरेको लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष सुदीप कुमार चौधरले जानकारी दिएका छन्। कार्यक्रममा समाजिक दुरि कायम , सेनिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गरिएको थियो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.