शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सशस्त्रका एसपी प्रविन कँडेल सहित ७१ एसपीको सरुवा
साउन ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन ९ - 
सिरहाको सुरक्षा व्यवस्थापनमा अतुल्य योगदान पुर्याउनु भएका सशस्त्रका एसपी प्रविन कँडेल सहित देशभरका ७१ जना उपरीक्षकहरु (एसपी) को सरुवा भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन्। सरुवा भएका एसपीले साउन महिनाको तलब भत्ता समेत सरुवा भएकै ठाउँबाट लिने गरी सरुवा गरिएको छ। सरुवाको निर्णयसँगै सशस्त्रका अधिकांश गणका प्रमुख परिवर्तन भएका छन्।सिरहामा कार्यरत एसपी कँडेलको सशस्त्र प्रहरी बल नेपाल न.३७ रिजर्भ हेड क्वाटर पकली सुनसरीमा गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यलयले जनाएको छ। 

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.