शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा नहुँदा लहानबासि मारमा
साउन १३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १३ - 
सिराहाको लहान नगरपालिका अन्तर्गत रहेका बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न बाल बिटौरी तथा गाउँब्लक जग्गा संघर्ष समिति लहानले पत्रकार सम्मेलन गरि नेपाल सरकार संग मांग गरेका छन्।बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा नहुँदा  लहान बजारका सर्वसाधारण ,व्यापारी लगायत करिब २ हजार ५ सय घरधुरी जनसमुदाय संग जग्गा धनि प्रमाण पत्र हुँदा पनि मारमा परेका छन्। संघर्ष समितिका संयोजक विजय कुमार गुप्ताका अनुसार लहान नगरपालिका अन्तर्गत रहेको  गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको छ। त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो। सो जग्गाको नापी श्रेस्ता कायम गरि सोहि आधारमा हनुमाननगर भन्सार कार्यलय अन्तर्गत लहान छोटी भन्सार कार्यलय मार्फत लागतका आधारमा वार्षिक रुपमा बालबिटौरी असुल तहसिल गरि आएको र सरकारको नीति अनुरुप भन्सार कार्यलयहरुलाई बोर्डर छेउमा सार्दा लहान छोटी भन्सार कार्यलय लहानबाट नेपाल भारत बोर्डर सिमा नवराजपुर झाँझपट्टिमा सारेको थियो। सो कार्यलय सार्दा लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालिन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भए अनुरुप स्थानीय निकायले बालबिटौरी असुल तहसिल गरि आएको छ। यो संगै जग्गाको स्वामित्व तथा हक हस्तान्तरण गर्दा लगतका आधारमा दर्ता तथा हकभोग भएको स्थानीय निकायको सिफारिसका आधारमा मालपोत कार्यलयबाट रजिष्टेशन पास भै मालपोत कार्यलयको जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख ( श्रेस्ता )मा दाखिल खारेज गर्ने गरेको थियो। 

सरकारको नीति अनुरुप २०२६ सालमा नाप नक्सा हुँदा खालि जग्गा नाप नक्सा गरि जग्गा धनीलाई दर्ता श्रेस्ता कायम गरि जग्गा धनि दर्ता प्रमाण पुर्जा समेत वितरण गरिएको हो। सोहि अनुरुप काम कारवाही भईरहेको र विभिन्न व्यक्तिहरुको घरवास भएको बिटौरी जग्गा समेतलाई गाउँ (ब्लक) भनि फिल्ड बुक कायम गरि नाप नक्सा भएकोमा हाल नेपाल सरकार नापी विभागबाट गाउँब्लक र बालबिटौरी जग्गा नाप नक्सा भै विवाद रहित व्यक्ति मध्ये कहिले फिल्डबुकका आधारमा जग्गा दर्ता गरि जग्गा धनि दर्ता श्रेस्ता कायम भै जग्गा धनि दर्ता प्रमाण पुर्जा उपलब्ध नगरी जग्गा धनि प्रमाणपत्र ( लालपुर्जा ) रोकिएको हुँदा लहान नगरपालिका भित्र पुस्तौ देखि बसोबास गर्दै आइररेका लहान नगरवासीहरु जग्गा धनि पुर्जा हुँदाहुदै पनि जग्गा सम्बन्धि कुनै पनि कारोबार गर्न नपाउदा मर्कामा परेको हुँदा जग्गा धनिको पिरमार्का लाई मध्यनजर गरि अविलम्ब सो जग्गाको प्रमाणपत्र वितरण गरि हक हस्तान्तरण समेत हुने व्यवस्थाका लागि संयोजक गुप्ताले  सरोकारवालाहरु लाई पत्रकार सम्मेलन मार्फत अनुरोध गर्नु भयो।  

यसै बीच संघर्ष समितिले पटक-पटक पिरमार्कामा परेका जग्गाधनि सहितको दबाबमूलक कार्यक्रम गरि आम नागरिकको समस्या सामाधान गर्न दबाबका लागि विगतमा र्याली प्रदर्शन सहित ज्ञापन-पत्र लगायतका कार्यक्रमहरु गर्दा पनि नेपाल सरकारले यस समस्यालाई सामाधान गर्न नसकेकोमा संघर्ष समितिले खेद प्रकट गर्दै यो समस्याबाट सर्वसाधारणलाई परिआएको पिरमार्कालाई मध्यनजर गर्दै संघर्ष समितिले साउन १४ गते बुधबार विहान ८ बजे लहान ७ पुरानो बजारमा अवस्थित राम मन्दिरको प्राङ्गन बाट दबाम मुलक र्याली प्रदर्शन गर्दै लहान मालपोत कार्यलयमा २ घण्टा तालाबन्दी गर्नुका साथै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रमहरु गर्दै जाने समितिका सहसंयोजक रामऔतार शर्माले जानकारी दिनुभयो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.