शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल सुनचाँदी व्यवसाय महासंघ जिल्ला कार्य समितीको अध्यक्षमा सारडा
साउन १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १४ -
नेपाल सुनचाँदी व्यवसाय महासंघ सिरहा जिल्ला कार्य समितीको अध्यक्षमा विकाश सारडा निर्विरोध निर्वाचित भएका छन्। सिरहाको गोलबजारमा सम्पन्न नेपाल सुनचाँदी व्यवसाय महासंघ जिल्ला कार्य समितीको ७ औ साधारण सभा बाट सारडा निर्विरोध सर्वसहमति बाट अध्यक्ष पदमा चयन भएका छन्। नव निर्वाचित अध्यक्ष सारडा लहान सिटि जेसिजका पुर्व अध्यक्ष ,जिल्ला उद्योग बाणिज्य संघ लहानका कोषाध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसाय प्रदेश कार्य समितीका प्रदेश सदस्यका साथै सफल व्यवसायी , समाजसेवी संगै लहान नगरपालिका वडा न.७ नेपाली कांग्रेस बाट प्रत्यासी वडा अध्यक्षका उम्मेदबार पनि हुनु हुन्छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ सिरहा जिल्ला कार्य समितीको ७ औ साधारण सभा बाट चयन भएका कार्यसमितिमा अध्यक्ष विकाश सारडा ,निवर्तमान अध्यक्ष भारत अग्रवाल ,उपाध्यक्ष सन्तोष साह र सन्दिप अग्रवाल ,महासचिवमा त्रिदेव साह,कोषाध्यक्ष देव कृष्णा साह ,सचिव सुरेश पोधार ,सदस्यमा निलाम्बर साह ,प्रकाश बिक ,शंकर खरगा , मोहन बिक लगायतका छन् ,भने पदेन सदस्यहरुमा सचिन बिक सुखिपुर ,गोपाल साह सिरहा ,सत्यनारायण साह धनगडी ,ब्रह्मदेव साह मिर्चैया लगायतका रहेको जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.