शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा मांग गर्दै प्रदर्शन, प्रहरी र
साउन १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १४ - 
सिरहाको लहान नगरपालिका अन्तर्गत रहेका  बालबिटौरी तथा गाउँब्लक रोक्का जग्गा फुकुवाको मांग गर्दै बालबिटौरी तथा गाउँब्लक संघर्ष समिती लहानले बुधबार दवाब मुलक र्याली निकाली प्रदर्शन गरेका छन् ।लहान ७ स्थित राममन्दिर बाट स्थानीयबासि ,व्यापारी,राजनीतिक दलहरुको उपस्तिथिमा निस्किएको उक्त र्यालीमा बालबिटौरी तथा गाउँब्लकको जग्गा फुकुवा गर , श्रेस्ता कार्यवयन गर, लालपुर्जा कायम गर नारा लगाउदै प्लेकार्ड सहित  लहानको विभिन्न भागको परिक्रमा गरि मालपोत कार्यालयमा कोणसभामा परिणत भएको थियो।
कोणसभा लाई सम्बोधन गर्दै संघर्ष समितीका संयोजक विजय गुप्ता, सहसंयोजक रामऔतार शर्मा ,व्यापारी निरज गुप्ता  लगायतले जग्गाधनि पुर्जा वितरण भए पनि नेपाल सरकार द्वारा जग्गा रोक्का राखी जनतालाई दु:ख दिने काम मात्र भएको र विगत एक वर्ष देखि केहि सरोकारवाला र राजनीतिक व्यक्तिहरु द्वारा भुमिसुधार मन्त्रालय काठमाडौंमा पटक -पटक दवाब दिदा पनि समस्या जस्ताको त्यस्तै रहेको हुँदा यस गम्भीर समस्यालाई समाधान गराउने उदेश्यले पुर्व घोषित कार्यक्रम अनुसार मालपोत कार्यलयमा २ घण्टा तालाबन्दी गर्न खोज्दा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको नेतृत्वमा रहेका सुरक्षाकर्मी र आन्दोलनकारी बीच केहि बेरघम्सा घम्सी हुँदा अवस्था तनाव ग्रस्त बनेको थियो। 

केहि बेरको घम्सा घम्सी पश्चात ईलाका प्रशासन कार्यलय लहानका प्रमुख डा.कृष्ण बहादुर घिमिरेको पहल र बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा गराउन आजै बाट पहल गर्ने आश्वासनमा संघर्ष समिती लहानले एक हप्ते अल्टिमेटम सहित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै मंगलवार सम्म कुनै ठोस निर्णय नआए आउदो बुधबार देखि मालपोत कार्यलयमा तालाबन्दी गर्नुका साथै मालपोत कार्यलयको दैनिक कामकाज अवरुद्ध गर्ने चेताबनी दिएका छन्।

बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा नहुँदा लहान बजारका सर्वसाधारण ,व्यापारी लगायत करिब २ हजार ५ सय घरधुरी जनसमुदाय संग जग्गा धनि प्रमाण पत्र हुँदा पनि मारमा परेका छन्। संघर्ष समितिका संयोजक विजय कुमार गुप्ताका अनुसार लहान नगरपालिका अन्तर्गत रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको छ। त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो। सो जग्गाको नापी श्रेस्ता कायम गरि सोहि आधारमा हनुमाननगर भन्सार कार्यलय अन्तर्गत लहान छोटी भन्सार कार्यलय मार्फत लागतका आधारमा वार्षिक रुपमा बालबिटौरी असुल तहसिल गरि आएको र सरकारको नीति अनुरुप भन्सार कार्यलयहरुलाई बोर्डर छेउमा सार्दा लहान छोटी भन्सार कार्यलय लहानबाट नेपाल भारत बोर्डर सिमा नवराजपुर झाँझपट्टिमा सारेको थियो। सो कार्यलय सार्दा लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालिन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भए अनुरुप स्थानीय निकायले बालबिटौरी असुल तहसिल गरि आएको छ। यो संगै जग्गाको स्वामित्व तथा हक हस्तान्तरण गर्दा लगतका आधारमा दर्ता तथा हकभोग भएको स्थानीय निकायको सिफारिसका आधारमा मालपोत कार्यलयबाट रजिष्टेशन पास भै मालपोत कार्यलयको जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख ( श्रेस्ता )मा दाखिल खारेज गर्ने गरेको थियो।

सरकारको नीति अनुरुप २०२६ सालमा नाप नक्सा हुँदा खालि जग्गा नाप नक्सा गरि जग्गा धनीलाई दर्ता श्रेस्ता कायम गरि जग्गा धनि दर्ता प्रमाण पुर्जा समेत वितरण गरिएको हो। सोहि अनुरुप काम कारवाही भईरहेको र विभिन्न व्यक्तिहरुको घरवास भएको बिटौरी जग्गा समेतलाई गाउँ (ब्लक) भनि फिल्ड बुक कायम गरि नाप नक्सा भएकोमा हाल नेपाल सरकार नापी विभागबाट गाउँब्लक र बालबिटौरी जग्गा नाप नक्सा भै विवाद रहित व्यक्ति मध्ये कहिले फिल्डबुकका आधारमा जग्गा दर्ता गरि जग्गा धनि दर्ता श्रेस्ता कायम भै जग्गा धनि दर्ता प्रमाण पुर्जा उपलब्ध नगरी जग्गा धनि प्रमाणपत्र ( लालपुर्जा ) रोकिएको हुँदा लहान नगरपालिका भित्र पुस्तौ देखि बसोबास गर्दै आइररेका लहान नगरवासीहरु जग्गा धनि पुर्जा हुँदाहुदै पनि जग्गा सम्बन्धि कुनै पनि कारोबार गर्न नपाउदा मर्कामा परेको हुँदा जग्गा धनिको पिरमार्का लाई मध्यनजर गरि अविलम्ब सो जग्गाको प्रमाणपत्र वितरण गरि हक हस्तान्तरण समेत हुने व्यवस्थाका लागि संयोजक गुप्ताले सरोकारवालाहरु संग जोरदार मांग गरेका छन्।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.