शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लब द्वारा स्वास्थ्य सामग्री वितरण
साउन १५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १५ - 
लायन्स क्लब अफ लहान सिटिले Covid-19 Management Support Service ले सिरहाको लहानमा स्वास्थ्य सामग्री वितरण तथा हस्तान्तरण गरेका छन। लायन्स क्लब अफ लहान सिटि Covid-19 Management Support Service  ले विहिबारका दिन क्लबको आयोजनामा १५ सेट पिपीई, ६ हजार सर्जिकल माक्स र १५ लिटर सेनिटाइजर वितरण तथा हस्तान्तरण गरेका छन। जिल्ला  उध्योग वाणिज्य संघ लहान सिराहाका अध्यक्ष अशोकलाल अमात्य, इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्री , शसस्त्र प्रहरी बल लहानका प्रमुख डिएसपी डम्बर राणा, लायन्स क्लबका एरिया कोअर्डिनेटर चक्रपाणी दहाल, जोन चेयरपर्सन रियासत लिमि, एडिसनल क्याविनेट ट्रेजरर धरणिधर अधिकारी, रा.उ स्मारक अस्पताल लहानका मेसु सुनिल कुशवाहा,  सप्तऋषि अस्पतालका मेसु सुभाष बाबु साह, लायन्सका पुर्व अध्यक्ष विकास सारडा, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि, क्लबका पदाधिकारी तथा सदस्यहरु सहित सुरक्षाकर्मीहरु, पत्रकार, विशिष्ट व्यक्तिहरु लगायतको उपस्तिथिमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेका छन। 

लायन्स क्लब अफ लहान सिटिले इलाका प्रहरी कार्यलय लहान लाई एक हजार मास्क र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक कार्यलय लहानलाई ९ सय मास्क र ५ लिटर सेनिटाजर, शसस्त्र प्रहरी बल लहानलाई ८ सय मास्क र ५ लिटर सेनिटाइजर, र.उ स्मारक अस्पताल  लहानलाइ ११ सेट पिपीई , लहान क्यान्सर केयर सेन्टरलाइ ४ सेट पिपीई हस्तान्तरण  गरिएको एरिया कोअर्डिनेटर चक्रपाणी दहालले जानकारी दिएका छन। लायन्स कल्बका पदाधिकारी सहित सुरक्षाकर्मीहरुको टोलीले लहानको मुख्य चोक, तरकारी बजार र मुख्य बजार/पुरानो बजार परिक्रमा गरि सर्वसाधारणलाइ सचेतना गराउदै करीब ३ हजार ३ सय सर्वसाधारण लाई मास्क वितरण गरेका छन। कार्यक्रममा  एरिया कोअर्डिनेटर दहालले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भयो भने उधोग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र डिएसपी शरद थापाले क्षेत्रीले कोभिड १९ को संक्रमणबाट बचाउन लायन्स क्लबले उदाहरणिय कार्य गरेको भन्दै क्लबको प्रशंसागर्नु भयो। कार्यक्रमलाई सफल पार्न महत्त्वपूर्ण सहयोग गर्नुहुने तथा उपस्थित हुनु हुने सबैलाई क्लबको अध्यक्ष सुदीप कुमार चौधरीले धन्यवाद ज्ञापन गरेको थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.