शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
घरेलु मदिरा बरामद गरी नष्ट
साउन १८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन १८ - 
सिरहा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेका छन। ईलाका प्रहरी कार्यलय  लहान सिरहाबाट डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा  खटिएको प्रहरी गस्ती टोलीले लहान न.पा.३ बस्ने  जितु साहको घरबाट अन्दाजी ८० लिटर घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन १४ थान समेत नियन्त्रणमा लिई स्थानिय जन-प्रतिनोधीको रोवहरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
त्यस्तै  जिल्ला प्रहरी कार्यलय सिरहाबाट खटिएको सादा पोषाकको प्रहरी टोली र प्रहरी चौकी औरही बाट खटीएको संयक्त प्रहरी टोलीले जिल्ला सिरहा औरही गा.पा.-५ स्थित बस्ने रामदेव कलाल र रामकृष्ण कलालको घरमा संचालन गरेको घरेलु मदिरा भट्टीबाट तयारी मदिरा ५ लिटर, कच्चा पदार्थ २५० लिटर, र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन ८, मदिरा बनाउने मेसिन थान-१ सहित नियन्त्रणमा लिई स्थानिय जन-प्रतिनिधिको रोवहरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.