शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पुनः सडक अतिक्रमण बढन थाले पछि प्रहरी र नगरपालिका सक्रिय
साउन १८, २०७७ | फिरोज शेख

पुनः सडक अतिक्रमण बढन थाले पछि प्रहरी र नगरपालिका सक्रिय 

फिरोज शेख लहान २०७७ साउन १८ - 
सिरहाको लहान नगरपालिका अन्तर्गत पर्ने पुर्व -पश्चिम सडकमा स्थानीय व्यापारीले पुनः अतिक्रमण गर्दै ठेला ,सिट्टी रिक्सा र ठेला पसलहरु राख्न थालेपछि भिडभाड  बढन गएको हुँदा  लहान नगरपालिकामा कार्यरत नगर प्रहरी र ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले म्याकिंग गर्दै बल प्रयोग गरि आईतबार देखि सडक अतिक्रमण हटाउन सक्रिय भएका छन्। लहान नगरपालिका ८ मा वसोबास गर्दै आई रहनु भएका एक स्वास्थ्यकर्मीमा कोरोनाको पोजेटिभ संक्रमण फेला परे पछि लहान नगरपालिका र ईलाका प्रहरी कार्यलय लहानको संयुक्त आयोजनामा भिडभाड कम गर्न ६ महिना पहिला खालि गराइको सडक अतिक्रमण फेरी बढन थालेपछि सडक अतिक्रमण हटाउन थालिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले जानकारी दिदै अटेरी गरेको खण्डमा सामानहरु समेत जफत गरि लहान नगरपालिकामा बुझाइने बताउनु भयो। 

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित पाँच स्थानमा निषेधाज्ञा आदेश जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रदेश २ को वीरगंज, राजविराज र जलेश्वरमा यसअघि निषेधाज्ञा जारी भइसकेको छ भने बाराको कलैयामा आइतबारदेखि जारी गरिएको छ। यता प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा भने सोमबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ। उपमहानगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि निषेधाज्ञा आदेश जारी गरेको हो।पछिल्लो केहिदिनयता उपमहानगर क्षेत्रभित्र कोरोना संक्रमणको दर बढ्दै गएपछि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन्।

यता शनिबार सिरहामा थपिएका ७ जना संक्रमित मध्ये सिरहा नगरपालिका–१६ पुरुष राजनीतिकर्मी र लहान नगरपालिका–८ का पुरुष स्वास्थ्यकर्मीसहित ५ जना क्वारेन्टिनमा रहेका पुरुषमा संक्रमण पुष्टि भएपछी सिरहामा निषेधाज्ञा लागू नभए पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन्। निर्णय गरेर औपचारिक रुपमै निषेधाज्ञा नभनिए पनि हिँडडुल, सवारी साधन, सञ्चालनलगायतमा कडाइ गरेका छौं,’ उनले भने। उनका अनुसार सिरहामा हाट बजार लगाउन रोक लगाइएको छ भने भीडभाड नियन्त्रण गर्न कुन दिन कुन सेवा प्रदान गरिने यसबारे सरकारी कार्यालयहरूलाई सूचना प्रकाशन गरी सेवाग्रहीलाई जानकारी गराउन भनिएको छ। यसैगरी सामाजिक दूरी कडाइसाथ पालन गर्दै व्यवसायीहरूलाई पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण सामग्री प्रयोग गर्न निर्देशन दिइएको उनले बताए। उत्तरायण र साउन महिनामा लाग्ने सम्पूर्ण मेलामाथि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिएका छन्।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.