शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा सवारी दुर्घटनामा परि एकको मृत्यु
साउन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २० - 
सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका ४ स्थित भएको सवारी दुर्घटनामा परी मिर्चैया नगरपालिका ३ का २१ वर्षीय देबिन्द्र यादवको मृत्यु भएको छ । स१त ७४०२ नम्बर ट्याक्टर पश्चिमबाट आएको र पूर्वबाट जाँदै गरेको स४प ७२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ । त्यस दुर्घटनामा मोटरसाइकल चालक मृत्यक यादव र मोटरसाइकल पछाडी बस्ने धनुषाधामका २३ वर्षीय बालकृष्ण यादव घाइते भएका थिए । उनीहरुलाई तत्कालै उपचारका लागि फुलकुमारी मेमोरियल अस्पतालमा लैजाने क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बस्ने बालकृष्णको टाउकोमा चोट लागेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएका छन् । दुर्घटनापछि फरार भएका ट्याक्टरको चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.