शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जनचेतना जगाउदै विभिन्न संघ -संस्था, प्रदेश २ मा ३६ जना
साउन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २० -
कोरोना महामारी भयावह रुप लिन थालेपछि सिरहामा आवद्ध विभिन्न संघ -संस्थाहरुले जनचेतनाका लागि मास्क वितरण कार्यक्रम गर्नुका साथै जनचेतना मुलक र्याली तथा म्याकिङ्ग गर्न थालेका छन्। मंगलवार जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको आयोजना तथा लहान सिटि जेसिज ,लायन्स क्लव लहान ,रोटरी क्लव लहान ,राउ स्मारक अस्पताल लहान ,सप्तऋषि अस्पताल लहान ,लहान अबुर्ध रोग निवारण संस्था ,ईलाका प्रहरी कार्यलय लहान ,सशत्र प्रहरी वेस क्याम्प लहानको सहयोगमा जनचेतना मुलक र्याली निकाली म्याकिङ्ग गर्दै कोरोना भाइरस कोभिड-१९ को प्रभावले गर्दा हाम्रो लहान व्यवस्थित गर्न भौतिक दुरी कायम गरौ ,सबैले अनिवार्य रुपमा मास्क लगाउ , पसलवालाहरुले आफ्नो पसल अगाडी अनिवार्य रुपमा सेनिटाईजर वा साबुन पानीको व्यवस्था गरौ ,ग्राहक वर्ग उपभोक्ताहरुले अनिवार्य रुपमा सेनिटाईजर वा साबुन पानीले मिची मिची हात धुवौ लगायतका सचेतना मुलक संदेशहरु लेखिएको ब्यानर सहित जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य ,ईलाका प्रहरी कार्यलय लहान प्रमुख डिएसपी शरत थापा क्षेत्री ,सशत्र प्रहरी वेस क्याम्प लहानका डिएसपी डम्बर राना ,जिल्ला वाणिज्य संघका महासचिव अब्दुल करिम ,सप्तऋषि अस्पताल लहानका मेसु डाक्टर शुभाष बाबु साह , होटल तथा मदिरा व्यवसाय संघ सिरहाका अध्यक्ष संजय साह ,जनता समाजवादी पार्टीकी ललिता दास , लगायत विभिन्न संघ -संस्थामा आवद्ध पदाधिकारीहरु , सुरक्षाकर्मी ,संचारकर्मीको उपस्तिथिमा मास्क नलगाई हिडडुल गर्ने लाई मास्क वितरण गर्दै अब उप्रान्त मास्क नलगाइएको पाइएमा एक सय जरिवाना गर्ने सुझाब सहित लहान बजारको परिक्रमा गर्दै सम्पूर्ण व्यापारीहरु लाई साँझ ६ बजे पसल बन्द गर्न आग्रह गर्दा पनि व्यापारीहरुले अटेरी गर्दै पसलहरु बन्द गरेका छैनन। 

प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार महोत्तरीमा १५ जना, धनुषामा १२ जना, सप्तरीमा ७ जना, सिरहामा १ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ । संक्रमितमध्ये ४ हजार ५ सय ८८ पुरुष र ४ सय ५७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभएको छ। महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु सम्सी गाउँपालिका-३ स्थायी ठेगाना भई हाल प्रादेशिक अस्पतालमा रहेका ३२ बर्षिय एक पुरुष र रणभिम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत २४ देखि ४७ बर्ष उमेर समुहका १४ जना नेपाली सेना रहेका छन् ।

त्यस्तै धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१, ४ र १५ का २३ देखि ४४ बर्ष उमेर समुहका ५ जना पुरुष, जनकपुरधाम-१ स्थित माछापुच्छ्रे  बैंकमा कार्यरत २९ बर्षिया एक महिला र ३० र ३१ बर्षिय २ जना पुरुष कर्मचारी, सबैला नगरपालिका-७ का ३१ बर्षिय एक पुरुष, धनौजी गाउँपालिकाका २५ बर्षिय एक पुरुष, विदेह नगरपालिका-२ का २२ बर्षिय एक पुरुष र जनस्वास्थ्य कार्यालय धनुषामा कार्यरत २१ बर्षिया एक महिला कर्मचारी रहेका छन् । त्यस्तै सप्तरीको राजविराज नगरपालिका ८ का २० देखि ३८ बर्ष उमेर समुहका ७ जना पुरुष समेत संक्रमित भएका छन् भने सिरहाको औरही -९ का ३९ बर्षिय एक पुरुष र सर्लाहीको रामनगर गाउँपालिका-१ का २२ बर्षिय एक पुरुष संक्रमित भएका छन।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् । महोत्तरीमा ८ सय ३८, धनुषामा ७ सय ४१, सर्लाहीमा ७ सय १२, पर्सामा ५ सय ८०, सप्तरीमा ५ सय २२, सिरहामा २ सय १५ र बारामा १ सय ७८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा यस प्रदेशमा २७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, सर्लाहीका १८ र बाराका ८ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ८०, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका १ सय ९५ जना गरि ३ हजार २ सय ११ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.