शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका सुनचाँदी पसल १० दिनका लागि बन्द ,प्रदेश २ मा
साउन २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २२ - 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभीड -१९ का कारण नेपाल पनि उच्च जोखिममा रहेको हुँदा र सिरहा जिल्लामा पनि समुदाय स्तरमा कोरोना संक्रमित फेला पर्न थालेपछि नेपाल सरकारले ल्याएको सतर्कता नीति अनुसार २०७७ श्रावन २३ गते देखि २०७७ श्रावन ३२ गते साम्म अर्थात १० दिनका लागि लहान सुनचाँदी व्यवसाय संघ लहानले लहान नगरपालिका भित्र रहेका सम्पूर्ण सुनचाँदी पसल र कलकारखाना पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन्।  सुनचाँदी व्यवसाय संघ लहानका पदाधिकारीहरुको एक बैठकले वर्तमान अवस्थामा सुनचाँदी व्यवसायीहरु र ग्राहकवर्गको स्वास्थ्य सुरक्षा लाई मध्यनजर गर्दै १० दिनका लागि पसल पूर्ण रुपमा बन्द रहने संघका अध्यक्ष श्याम साह भोरे भोर र महासचिव वसन्त साह द्वरा हस्ताक्षरित प्रेस विज्ञपित मार्फत सरोकारवाला तथा उपभोक्ता वर्गमा जानकारी गराएका छन। 

यसै बीच प्रदेश २ मा विहिबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ का विभिन्न जिल्ला गरी पछिल्लो २४ घण्टामा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो। विहिबार ६३ जना थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको सुचना अनुसार धनुषा प्रादेशिक अस्पताल जनकपुरका ४ जना , कर्मचारी सञ्चय कोष कार्यालयका एक जना, आन्तरिक मामिला मन्त्रालयका एक र सहिदनगर नगरपालिका क्वारेन्टाइनका ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको छ।भने  महोत्तरीमा बर्दिवास नगरपालिकास्थित क्वारेन्टाइन र महोत्तरी घर भइ नारायणी अस्पताल वीरगंजमा कार्यरत १-१ जना गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिकाका २३ जना , पकहा मैनपर गाउँपालिका, पोखरिया नगरपालिका, वीरगंज कारागार, भारतीय महावाणिज्य दूतावासका १ - १ जना , चण्डी प्रसाद गण र श्रीपुर आर्मी ब्यारेकका ५ -५ जना संगै नारायणी अस्पताल (क्वार्टर) का २ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै बाराको देवतल गाउँपालिका र प्रसौनी गाउँपालिकाका १-१ जना , रौतहटको मौलापुर नगरपालिकामा १ जना र सप्तरीको रुपनी गाउँपालिकामा एक जना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसैगरी सिरहाको नरहा घर भइ हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका १ जना र सर्लाहीको रामनगर गाउँपालिका घर भइ प्रादेशिक अस्पतालमा रहेका १ जना संगै ईश्वरपुर नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

यसै बीच कोरोना संक्रमणका कारण प्रदेश २ मा अहिलेसम्म २१ जनाको ज्यान गएको छ। धनुषा, महोत्तरी र सप्तरीका १-१ जना , रौतहट र बाराका २-२ जना र पर्साका सब भन्दा बढी १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ । विहिबार २२ पुरुष र १ महिलासहित २३ जना संक्रमित निको भएर घर फर्केका छन।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.