शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
शिक्षक सरुवा बदर नगरे आन्दोलन गर्ने चेतावनी
साउन २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २२ - 
लहान नगरपालिकाले नगर शिक्षा समितिको मिति २०७७ जेठ २८ को निर्णय तथा २०७७ श्रावन १४ गतेको सरुवा पत्र अनुसार सामुदायिक विद्यालय आधारभूत तहका शिक्षकहरुलाई सरुवा गरे पछि शिक्षक सरुवा विरुद्धको संयुक्त संघर्ष समिति आन्दोलित हुँदै त्यो सरुवा अबिलम्ब बदर नगरे आफुहरु चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन। विहिबार संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरि शिक्षा ऐन २०२८,शिक्षा नियमावली २०५९ नवौ संशोधन कायम रहेको र संघीय शिक्षा ऐन नबनी सकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा ,बढुवा उल्लेख नभएको र सामुदायिक विधालयका शिक्षकहरुको सरुवा ,बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय इकाईलाई मात्र रहेको दाबि गर्दै शिक्षक अवधि ११ महिना मात्र रहेका महिला शिक्षक शोभा अधिकारि लाई अपायक सरुवा र लहान ४ मा अवस्थित आधारभूत विधालय बाट अवकाश प्राप्त शिक्षक  रामदेव पण्डित लाई आधारभूत विधालय दौलतपुर लहान १७ मा होचुवाको भरमा प्रतिशोध पूर्ण तवरले सरुवा गरिएको भनि प्रष्ट भएको संघर्ष समितिका संयोजक अरविन्द कुमार दास ( नेपाल शिक्षक संघ नगर कार्य समिति लहान ), सह-संयोजक उद्धब कुमार लामा (नेपाल राष्ट्रिय शिक्षक संगठन ) र नेपाली साह ( संघीय समाजवादी शिक्षक फोरम नगर कार्य समिति ,लहान ) द्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत लहान नगरपालिका माथि आरोप लगाएका छन। 

पत्रकार सम्मेलनमा उपस्थित संयोजक दासका अनुसार कोरोना भाइरस कोभिड-१९ को महामारीले विधालयहरु बन्द रहेको अवस्थामा धेरै महिला शिक्षकहरुलाई अपायक सरुवा गरिएको तथा काखापाखा गर्दै कसै लाई रोजी रोजी ,कसैलाई छानी छानी सरुवा गरिएको बताउदै, उक्त सरुवाको पत्र नगर प्रहरी मार्फत घर -घरमा गएर थमाइएको हुँदा यसले शिक्षा समितिको अनभिज्ञता र नगरपालिकाले लापरवाही देखाएको उल्लेख गरे।

सह संयोजक लामाका अनुसार हाम्रो देश नेपाल ७५३ स्थानीय तह मध्ये कहिँ कतै यसरि एकैपटक सरुवा गरेको छैन। यी र यस्ता सरुवाले शिक्षकहरुको मानसिक्ता खलबलिएका छन। गुणस्तरको नाउमा चार सय भन्दा बढी शिक्षकहरु कार्यरत रहेका यस क्षेत्रका ५९ सामुदायिक विद्यालयका ८० जना शिक्षकको सरुवा नियम विपरित सरुवा गरि शैक्षिक वातावरण अझ ध्वस्त बनाउने दुष्प्रयास भएको आरोप लगाएका छन। 

शिक्षा ऐन ,नियमावली विपरित विभेदकारी सरुवा गरेर गलत नजिरको प्रथम स्थान हासिल गर्न दुष्प्रयास गर्ने लहान नगरपालिकाले सरुवा प्रकरण बदर नगरे विभिन्न संघ संस्थामा आवध शिक्षकहरुको सहमतिले गठन गरिएको शिक्षक सरुवा विरुद्धको संयुक्त संघर्ष समितिले सरोकारबालाहरु लाई बोदार्थ राखी शुक्रबार ज्ञापन-पत्र बुझाउदै ,प्रचरात्मक कार्यक्रम गर्ने ,लहान नगरपालिकामा धर्ना लगायतका चरमबद्ध आन्दोलनका कार्यक्रम गर्दै न्यायपालिका सम्म पुग्ने चेतावनी दिएका छन।  यसै बीच नेपाल शिक्षक संघ नगर समिति लहानले साउन ८ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । त्यसमाथि पनि कुनै किसिमको छलफल नभएको जानकारी गराइएको छ । शिक्षकहरुलाई दिएको पत्रमा साउन १४ गते शिक्षा अधिकृतले हस्ताक्षर गरेका छन् । 

यता लहान नगरपालिका शिक्षा शाखाले प्रावि तहको पहिलो चरणको दरबन्दी मिलान सहित गरेको शिक्षक सरुवालाई नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाले समर्थन जनाएको छ ।लहान नगर कमिटिका अध्यक्ष जिवछ यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेकोमा यसलाई संगठनले उचित कदम भएको ठहर गरी स्वागत गर्दै यसमा भएको त्रुटिहरुलाई समेत सच्चयाउन संगठनले माग गरेका छन  ।यस विषयमा नगरपालिका साकारात्मक देखिएकोले नगरपालिका शिक्षा शाखाको विरोधमा कुनै आन्दोलन गर्नुपर्ने आवश्यक्ता छैन ।

लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहले सामुदायिक विद्यालयको सुधारको लागि विभिन्न उपायहरुमध्ये शिक्षक सरुवालाई पनि प्राथमिकतामा राख्नुपर्ने शिक्षक संघ संगठनबाट समेत पटक पटक आएको सुझाव अनुसार नै सरुवा गरिएको भन्दै दरबन्दी मिलान सहितको सरुवामा केहि शिक्षकहरुलाई अपायक परेकै हो भने त्यसको बारेमा पनि सोच्न शाखा तयार रहेको स्पष्ट परेका छन। लहान नगरप्रमुख मुनि साहका अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई सामुदायिक विद्यालयको सुधार गर्न सबैले सहयोग गरौ भनि आग्रह गर्नु भएको छ । लहान नगरपालिका भित्रै गरिएको सरुवालाई सहज रुपमा लिन र पहिलोपटक लहान नगरपालिकाले गरेको सहासिक कार्यलाई असफल बनाउन कुनै पनि शिक्षक संगठनहरुले असहयोग नगरौ । केहि त्रुटि नै भएको रहेछ भने त्यसलाई पछि सच्चयाउन सकिन्छ भनि जिकिर गर्नु भयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.