शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजार १० दिनका लागि लकडाउन
साउन २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २३ - 
लहान नगरपालिकाले शुक्रबार राति १२ बजे देखि लागु हुने गरि लहान नगरपालिका लाई लकडाउन गर्ने निर्णय गरेको छ। लहान नगरपालिका ८ मा बस्दै आइरहनु भएका एक स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै नगरपालिकाले सुरक्षा निकायका पदाधिकारीहरु संग छलफल गरि शुक्रबार राति १२ बजे बाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको जनाइएको छ । कोरोनाको जोखिम कम गर्न तथा संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिका नगर प्रमुख मुनि साहले  जनाएको छ ।

वीरगंज यात्रा इतिहास भएका उक्त पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा बाहिरी आउजाउको चक्र बन्द गरेर परीक्षणको दायरा बढाउन लकडाउन गरिएको नगरप्रमुख साहले जानकारी दिए । अत्यावश्यक सामग्री खरिदका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म औषधि पसल बाहेक निश्चित पसल सर्तसहित खुल्ने उनले बताए । लकडाउनको अवधिमा सरकारले तोकेको सवारी साधनलाई मात्र आवगमनको अनुमति दिइएको उनले बताए । चिया पसल ,सबै किसिमको हाट बजार , होटल /रेस्टुरेन्ट ( कोरोनाको सन्दर्भमा बसेका बहीक ) ठेला /गाडा,बजार संगै नगर भित्रका सम्पूर्ण सवारी साधन बन्द राख्न सूचना जारी गरिएको छ। भने पूर्व पश्चिम राजमार्गको लहान क्षेत्रमा भने सवारी आवगमनमा रोक लगाईएको छैन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.