शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बैंकका कर्मचारी संक्रमित भए पछि राजस्व कार्यलय र वडा कार्यलयको
साउन २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २४ - 
शनिबार सिरहाको लहानमा अवस्थित ग्लोवल आई एमई बैंकमा कार्यरत  समुदाय स्तरका एक जना पुरुष कर्मचारीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण  पुष्टि भए पछि बैंक शिल गरिएको छ। बैंकमा कार्यरत कर्मचारीमा कोरोनाका लक्षणका कारण बिरामी भएपछि केहीदिन अगाडि नै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भई उपचार गराइरहेको भए पनि कोरोना रिपोर्ट शिनिबार मात्र आएको लहान नगरपालिका स्वास्थ्य अधिकृत राम सुन्दर यादवले जानकारी दिनुभयो। आन्तरिक राजस्व कार्यलय लहान सिरहा भित्र संचालनमा रहेको आई एमई बैंकको काउन्टरका कर्मचारीमा संक्रमण पुष्टि भए पछि ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा खटिगएको टोलीले बैंकलाई शिल गरि त्यहा कार्यरत सम्पूर्ण कर्मचारीहरु लाई एउटा होटेलमा कोरेनटाईन गरि राखिएको र स्वाव संकलन गरि पिसिआरका लागि पठाइने जनाइएको छ। 

यसै बीच आन्तरिक राजस्व कार्यलय लहान सिरहाले कार्यलय भित्र संचालनमा रहेका बैंकका कर्मचारीमा कोरोनो पुष्टि भएको खबर प्राप्त हुना साथ सार्वजनिक सुचना जारि गर्दै हालको असमान्य परिस्तिथि लाई मध्यनजर गर्दै राजस्व कार्यलयका सम्पूर्ण कर्मचारीहरुको पिसिआर टेस्टको रिपोर्ट नआउन्जेल सम्मका लागि मिति २०७७ साउन २५ गते देखि अनिश्चितकालका लागि समुर्ण सेवा सुविधाहरु बन्द रहने प्रमुख कर अधिकृत कमल बहादुर राजलवट द्वारा हस्ताक्षरित सुचनामार्फत जानकारी गराइएको छ। 

त्यस्तै लहान नगरपालिका वडा न.७ को कार्यलयले पनि समुदाय स्तरमा निरन्तर कोरोना संक्रमित फेला पर्न थाले पछि साउन २५ गते आइतबार देखि अति आवश्यक कार्य वाहेकका सम्पूर्ण कार्यहरु अर्को सुचना जारि नभए सम्म सम्पूर्ण सेवाहरु बन्द गरिएको वडा अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिएका छन। 

सिरहामा यस अघि सिरहाको मिर्चैया नगरपालिका- ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलका २३ वर्षीय एक जना, सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भैसकेको छ ,भने सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय अशोक महतोको कोरोनाका कारण उपचारको क्रममा मृत्यु भैसकेको छ। 

यसै बीच लहान नगरपालिकाले शुक्रबार राति १२ बजे देखि गरेको लकडाउनको पहिलो दिन बजारका पसलहरु फाटफुट खुल्ला देखिए पनि   बाँकी पसलहरु बन्द रहे पनि मानिसको आवत जावत,चहल पहल भने अरुदिनको तुलनामा केहि कम देखियो। लहान नगरपालिका ८ मा बस्दै आइरहनु भएका एक स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पोजेटिभ देखिए पछि समुदायस्तरमा कोरोना फैलिएको ठहर गर्दै नगरपालिकाले सुरक्षा निकायका पदाधिकारीहरु संग छलफल गरि शुक्रबार राति १२ बजे बाट लहान लकडाउन गर्ने निर्णय गरिएको जनाइएको छ। कोरोनाको जोखिम कम गर्न तथा संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिका नगर प्रमुख मुनि साहले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.