शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ब्रेकिङ्ग ; लहानमा कार्यरत सशत्र प्रहरीमा पनि कोरोना पुष्टि
साउन २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान साउन २५ - 
सिरहाको लहानमा शनिबार साँझ फेरि एकजना सशत्र प्रहरीमा कोरोना संक्रमण फेला परेका छन् । उनी सशत्र प्रहरी वेस क्याम्प लहानमा  कार्यरत प्रहरी रहेको लहान नगरपालिकाले जनाएको छ। सर्लाही घर भएका ३५ वर्षीय पुरुष प्रहरी जवानमा कोरोना  सक्रमण पुष्टि भएको लहान नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। संक्रमित प्रहरी जवानलाई उपचारका लागि रातिनै धनगडीमाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा लगिएको सशत्र प्रहरी बेस क्याम्प लहानका प्रमुख डिएसपी डम्बर रानाले जानकारी दिनुभयो। डिएसपी रानाका अनुसार क्याम्पमा कार्यरत सम्पूर्ण प्रहरीको पिसिआर परिक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनु भयो। 

शनिबार मात्रै महोतरी घर भएका लहानको  ग्लोबल बैँकमा कार्यरत ३० वर्षीय कर्मचारीमा कोरोना संक्रमण  पुष्टि भएको थियो। हाल सम्म लहान नगरपालिका भित्रका २८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको लहान नगरपालिकाले जनाएको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.