शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा ब्राउनसुगर बिक्री गर्ने ६ जना पक्राउ
साउन २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २५ - 
सिरहाको गोलबजारमा अवैध लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ दोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घर कोठामा बिक्रीवितरणको लागि लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ पर्नेमा गोलबजार नगरपालिका-६ बस्ने घर धनि २८ वर्षीय पाण्डव गुप्ता, २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, गोलबजार वडा नं. ४ बस्ने २० वर्षीय सैफअलि खान, गोलबजार नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय विवेक श्रेष्ठ, वडा नम्बर ६ बस्ने १९ वर्षीय शिरिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।आइतबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिगएको प्रहरी टोलीले उनीहरूलाई घर बाटै पक्राउ गरेको डीएसपी घिमिरेले बताए ।पक्राउ परेका पाण्डव सहित उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने सेतो प्लाष्टिकको साना पोका ५ थान, कालो प्लाष्टिको ठूलो पोका १ थान लाई तौल गर्दा १ ग्राम २०० मिलीग्राम लागुऔषध बरामद भएको डीएसपी घिमिरेले बताए । लागुऔषध ओसारपसार र सेवन गर्ने घर धनि गुप्ता सहित ६ जना लाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.