शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा नगरपालिकामा अख्तियारको छापा
साउन २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २५ -
सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामकालागि खरिद गरेको समानमा ब्यापक अनियमितता गरेको समाचार विभिन्न मिडियामा प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको छ । आइतवार बर्दिबास स्थित रहेकोअख्तियार कार्यालयका अधिकृत नवराज सुवेदी सहितको टोलीले कोरोना रोकथाम तथा नियन्त्रणमा खरिद गरिएको समाग्री सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको जनाइएको छ। नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानविनका लागि कागजातहरु नियन्त्रणमा लिएका हुन। सिरहा नगरपालिकाले सिरहा जिल्लाको १७ वटा स्थानीय तहहरु मध्ये  सबै भन्दा बढी ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो।

सिरहा नगरपालिकाले सार्वजनिक गरेको खर्च अनुसार एउटा रेनकोटको खरिदमा १६ हजार ५ सय ४८ ,९ हजार २ सय ५ रुपैँयाको दरले  रेनवुट,बजारमा १० रुपैँया प्रति थान पाइने मास्क २२ रुपैँया ८७ पैसा, २८ सय ७७ रुपैँयाको दरले तकियाको खोल ,३ हजार ९ सय ३१ रुपैँयाको दरले तकिया (पिलो ) खरिद लगायतका विभिन्न सामानहरुको दररेट बजार मुल्य भन्दा कियौ गुणाले बढी देखिएको छ। जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले स्थानीय तहहरुलाई तीनदिन भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण बुझाउन भने पछि बिहिबार १२ स्थानीय तह र स्वास्थ्य कार्यालय सिरहा संगै जिल्ला अस्पताल सिरहाले खर्च विवरण बुझाएको थियो।

 खर्च विवरण सार्वजनिक गर्ने स्थानीय तहहरुमा सिरहा नगरपालिकाले सबैभन्दा बढि ५ करोड ९० लाख ८६ हजार ४ सय ३० र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन्। त्यसतै  गोलबजार नगरपालिक १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ, कर्जन्हा नगरपालिका १ करोड ४८ लाख १५ हजार ८ सय १६ ,लहान नगरपालिका १ करोड ९८ लाख ४० हजार ७८ रुपैयाँ, धनगढीमाइ नगरपलिका ५५ लाख ९४ हजार ६ सय ३३, बिष्णुपुर गाउँपालिका ८८ लाख ६१ हजार ७ सय १० , बरियारपट्टि गाउँपालिका १ करोड ५७ लाख २३ हजार ७ सय ६७ , नरहा गाउँपालिका ७३ लाख ५९ हजार २ सय ४९, लक्ष्मीपुर पतारी गाउँपालिका ६९ लाख ६५ हजार ६ सय ९५ ,  मिर्चैया नगरपालिका  १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ , औरहि गाउँपलिका २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ सार्वजनिक गरेका छन्" भने जिल्ला स्वास्थ्य कार्यालय सिरहा  ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च विवरण सार्वजनिक गरेका छ्न । खर्च विवरण सार्वजनिक नगर्ने स्थानीय तहहरुमा कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका,सखुवानन्कारकट्टि गाउँपालिका,भगवानपुर गाउँपालिका र नवराजपुर गाउँपालिका रहेका छन।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.