शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजार क्षेत्रको फोहर उठ्न नसक्दा लहान दुर्गन्धित बन्दै
साउन २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ साउन २६ - 
लहान नगरपालिकाले करिब २ हप्तादेखि बजारको फोहोर उठाउन नसक्दा बजार दुर्गन्धित बन्दै गईरहेको छ। सरसफाईकर्मीले बजारमा भएको फोहोरलाई झाडु लगाएर ठाउँठाउँमा थुपारे पनि त्यहाँबाट फोहोरको डंगुर उठान नसक्दा आवतजावत गर्ने सर्वसाधारणहरु मास्क  लगाएपनि नाक थुन्न बाध्य भएका छन। विगत १३ दिन देखि फोहोर उठेको छैन् । नगरपालिकाका सरसफाई संयोजक नथुनी पासमानका अनुसार नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा फोहर फाल्ने विवाद चलिरहेको हुँदा ‘केही महिनादेखि अर्कै ठाउँमा फोहोर फाल्न्थ्यिो तर त्यहापनि वर्षा र बाढीको कारण ट्याक्टर जान सक्ने अवस्था नहुँदा त्यही भएर फोहोर जम्मा गरेर त्यतिकै छोड्नुपरेको उनले बताए ।

वडा नम्बर ४ स्थित खुट्टि र बलान नदीको दोभानमा फोहोरमैला व्यवस्थापन केन्द्र छ । त्यहाँ फोहोर फाल्दा समुदायमा असर परेको भन्दै गतवर्षदेखि नै वडाका वासिन्दाहरुले फोहर फाल्न रोक लगाएको छ । लहान नगरपालिकाको शहरी क्षेत्र वाड नम्बर १ देखि १० सम्मका वडामा दैनिक जम्मा हुने फोहोर त्यहाँ फाल्दै आइरहेको थियो। लहान नगरपालिकाको मुख्य सडकमा पर्ने पूर्व बलान नदीदेखि पश्चिम सरस्वती खोलासम्मको विभिन्न स्वास्थ्य संस्था, होटल, मासु पसल, तरकारी बजार तथा निजी घरबाट निस्किने फोहोर अहिले नगरबासीले सडकमै थुपारण थालेका छन् ।

लहान नगर प्रमुख मुनि साहका अनुसार ‘फोहोर व्यवस्थापन केन्द्रबाहेक अन्यत्र फोहोर फाल्ने ठाउँ छैन्, ‘हामी लहान ४ को फोहोरमैला व्यवस्थापन केन्द्रमै फोहोर फाल्नलाई छलफल गरिरहेका छौँ ,सम्भव त यो साता भित्र फोहर उठन थाल्ने उनले बताए। यता छलफल भइरहेको छ तर, सहमति नजुटेको वडा नम्बर ४ का वडाअध्यक्ष रामनाथ पंडितले जानकारी दिएका छन् । फोहोर व्यवस्थापन केन्द्रमा अव्यवस्थित तरिकाले फोहोर फालेपछि बस्तीमा असर पर्दा वडाबासीले अवरोध गरेको वडा अद्यक्ष पण्डितको तर्क छ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.