शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखिपुर नगरपालिकाको एकै वडाका ८ जनामा कोरोना पुष्टि
साउन २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २७ - 
सुखिपुर नगरपालिकाको एकै वडाका ८ जनामा कोरोना पुष्टि भएको नगरपालिकाले जनाएको छ।  सुखीपुर नगरपालिकाको कोरेन्टाईनमा गरिएको पिसिआर परीक्षणमा  एकै वडाका ८ जनामा कोरोना भाइरस कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक विद्यालयमा रहेको कोरेन्टाईनमा रहेकाहरुको गरिएको पिसिआर परिक्षणमा सुखीपुर नगरपालिका वडा न .९ बैशखाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्देश्वर मण्डलले जानकारी दिएका छन।
रोजगारीको शिलशिलामा भारतको विभिन्न ठाउँ बाट फर्किएका ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ। संक्रमित सम्पुर्णलाई आइसोलेसनका लागि सिराहाको धनगढीमाई नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालमा राखिएको जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.