शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई थुनुवा सहित १० जना कोरोना संक्रमित थपिए संगै प्रदेशमा
साउन २८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २८ - 
मंगलबार सिरहामा दुई थुनुवा सहित १० जना कोरोना संक्रमित भएका छन। संक्रमित मध्ये दुई जना ईलाका प्रहरी कार्यलयको हिरासतमा रहेका थुनुवा हुन् भने ८ जना सुखीपुर नगरपालिकाको क्वारेन्टाइनमा भारत बाट आएर बसेका पुरुषहरु हुन्। ईलाका प्रहरी कार्यालय गोलबजारमा रहेका दुई जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यलय सिराहाका अनुसार थुनुवामा कोरोना संक्रमण पुष्टि हुना साथ् थुनुवा सँग सम्बन्धित मुद्दा शाखामा कार्यरत प्रहरीलाई क्वारेन्टाइन गरिएको छ। भने दुवै थुनुवालाई धनगडीमाई अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ।  मंगलबार थपिएका १० जना सहित  सिरहामा संक्रमितको संख्या २३३ पुगेको छ । जस मध्ये  २०५ जना निको भएर घर फर्किसकेका छन। भने २९ जना संक्रमितलाई आइसोलेसनमा राखी उपचार भइरहेको र गोलबजारका एक जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार ३ सय २७ जना संक्रमित भएका छन् । पर्सामा १ हजार १ सय ८, महोत्तरीमा ९ सय २, धनुषामा ८ सय ६९, सर्लाहीमा ८ सय २७, सप्तरीमा ५ सय ५८, बारामा २ सय ४५ र सिरहामा २ सय ३३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। भने हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय २१, सिरहाका २ सय ५ , धनुषाका ६ सय २१, महोत्तरीका ३ सय ६४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ७४ र पर्साका २ सय ४६ जना गरि ३ हजार ४ सय १२ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् " भने प्रदेशमा संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ । संक्रमितमध्ये ५ हजार ४ सय १९ पुरुष र ६ सय ४९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका हुन । प्रदेश २ मा हालसम्म पर्सामा १९, धनुषामा ३, सप्तरीमा २, रौतहटमा २, बारामा २, सिरहामा १ र महोत्तरीमा १ जना गरि ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.