शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु
साउन २८, २०७७ | फिरोज शेख

शुभ नारायण यादव सप्तरी ,२८ साउन । 
सप्तरीमा गएराति थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न.७ छातापुर घर भई राजविराज नगरपालिका वडा न. ६ मा बस्दै आएका ८० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयाे ।उहाका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन पुर्‍याउने क्रममा ती वृद्धको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ । चारदिन अघि ज्वरो आएपछि चिकित्सकको उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारि दिनुभयाे । यता सप्तरीमा अगामि भदाे २ गते सम्मका लागि निषेधाज्ञा जारि गरेकाे छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.