शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना नियत्रणको खर्च अपुरो भएको भन्दै कांग्रस द्वारा सुचना माग
साउन २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २९ - 
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको नाममा लहान नगरपालिकाले अपुरो प्रतिवेदन सार्वजनिक गरेको भन्दै नेपाली कांग्रेसका राज्य व्यवस्था समितिका सदस्य  महेश चौधरीले नगरपालिका संग सूचना माग गरेका छन् । बुधबार नेपालि कांग्रेसका युवा नेता अब्दुल क्रिम ,  महिला संघका केंद्रीय सदस्य संगीता कर्माचार्य तथा नेवि संघमा आवद्ध युवाहरुको उपस्तिथिमा सूचनाको हक प्रयोग गरी लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुसालसँग सूचना माग गरेका हुन् । महामारीको बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, ईन्धन खर्च, क्वारेन्टाइन ब्यवस्थापनका लागि खरिद गरिएको सामग्रीहरुको खरिद मुल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मुल्यसहितको सूचना माग गरिएको छ । नगरपालिकाले सार्बजनिक गरेको प्रतिबेदन अपुरो रहेको भन्दै कोरोना निरान्तरण तथा रोकथाममा भएको खर्चको सम्पूर्ण विवरण माग गरिएको चौधरीले जानकारी दिएका छन् । लहान नगरपालिकाले साउन १२ गते कोरोना रोकथाम तथा नियन्त्रणमा १ करोड ९८ लाख ४ हजार ७८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो । यता प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुसालले एक सात भित्र माग गरिएका सुचना उपलब्ध गराउने आश्वासन दिएका छन।  

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.