शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फोहर व्यवस्थापनमा अवरोध नगर्न नगरप्रमुखको आग्रह
साउन २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन २९ - 
लहान नगरपालिका नगरप्रमुख मुनि साहले फोहरको उचित व्यवस्थापनका लागि लहान ४ मा अवस्थित फोहर व्यवस्थापन केन्द्र संचालन नै रहेको बताउनु भएको छ। नगरप्रमुख साहका अनुसार लहान नगरपालिका भित्र रहेका बजार क्षेत्रका फोहरहरु उठ्ने गरेको सम्पुर्णलाई अवगत नै छ। तर करिब ३ साता देखि फोहर व्यवस्थापनमा समस्या भइरहेको छ। लहान ४ मा अवस्थित फोहर व्यवस्थापन केन्द्र करिब एक करोडको लागतमा निर्माण भएको छ ,नगरपालिकाले केन्द्रलाई सुन्दर र व्यवस्थित बनाउन योजनाहरु अघि सारे पछि लहान ४ का स्थानियहरुले विगत १६ महिना देखि फोहर फाल्न अवरोद्ध गरे पछि फोहर व्यवस्थापन चुनौती बन्दै गइरहेको उनले बताए। सुखा समयमा जसो तसो फोहर व्यवस्थापन गरिए पनि वर्षायामको समयमा नगरपालिकाको ट्राक्टर खुट्टीखोला र बलान नदि बाट जाननसक्ने भएको हुँदा फोहर व्यवस्थापनमा समस्या भएको सम्पूर्ण नगरवासीमा जानकारी गराउन चाहन्छु , फोहर थुपार्नु हाम्रो चाहना होइन हाम्रो बाध्यता भएको बताउदै यसको दिर्घकालिन सामाधान फोहर व्यवस्थापन केन्द्र संचालन नै रहेको भन्दै लहान ४ का सम्पूर्ण जनसमुदायमा फोहर व्यवस्थापनमा अवरोध नगर्न हुन् अनुरोध समेत गर्नु भयो।

लहान नगरपालिकाले वाटरएडको विकन परियोजना अन्तर्गत ८ करोडको लागतमा फोहर बाट मोहर र फोहर व्यवस्थापनका विभिन्न कार्यक्रमहरुको आयोजना यहि डिसेम्बर देखि सुचारु हुने भएको हुँदा नगरको विकासमा सम्पुर्णलाई सहयोग गर्नहुन पनि अनुरोध गर्नु भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.