शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
साउन ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ श्रावन ३१ - 
सिरहामा शनिबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुनेहरुमा सिरहा सशस्त्र प्रहरी कार्यालयका २ जना  जवान,  ईलाका प्रहरी कार्यलय मिर्चैयाका १ जना थुनुवा, सिरहाको एक होटेलमा काम गर्ने १ जना र सूर्यनारायण सत्यनारायण मरवैता यादब बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा बसेका १ जना गरि ५ जनामा संक्रमण फेला परेको  जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबले जानकारी दिएका छन। संक्रमित सबै लाई आईसुलेशनमा राखिएको जानकारी प्राप्त भएको छ। यो संगै सिरहामा कोरोना भाइरस कोभिड-१९ संक्रमितको संख्या २५६ पुगेको छ। भने २ जनाको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.